News Portal

सार्वजनिक यातायातको भाडा डेढ सय रुपैयाँसम्म घट्यो

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ ।

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो । यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४ किमी बाटोमा ३ हजार १ सय ७५ लाग्ने गरेकोमा अब ३ हजार ३ सय कायम गरिएको छ । जसमा १ सय १ सय ७२ रुपैयाँ सस्तो भएको छ । काकडभिट्टा–नारायणगढको भाडा यसअघि १३ सय ३६ रहेकोमा अब १२ सय ६४ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, काठमाडौं– अत्तरिया–सिलगढीको भाडा २५ सय ८४ रहेकोमा अब २४ सय ४५ कायम गरिएको छ । काठमाडौंदेखि इलामको भाडा २ हजार ७९ रहेकोमा अब १९ सय ६७ कायम गरिएको छ । यसैगरी, काठमाडौं झापाको भाडा १८ सय ४ रहेकोमा अब १७ सय ६ रुपैयाँ कामय गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...