News Portal

बरिष्ठ पत्रकार महेश रिजाल पुरुस्कृत

सन्तोषकुमार गुप्ता
७९९ पटक

भालुवाङ,दाङ : देउखुरीको भालुवाङलाई बिगत लामो समय देखि कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका बरिष्ठ पत्रकार महेश रिजाललाई आज राप्ती गाउँपालिकाले एक कार्यक्रमका बीच उत्कृष्ट पत्रकारका रुपमा पुरुस्कृत गरेको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा एकदमै उत्कृष्ट पत्रकारिता गरेको भन्दै पुरुस्कृत गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रममा पत्रकार रिजाललाई पुरुस्कृत गरेको छ ।

रिजाललाई नगद दुई हजार र प्रमाण—पत्रले सम्मान गरिएको थियो । हाल पत्रकार रिजाल नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का प्रदेश पार्षद्, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष, दाङ—देउखुरी बातावरण संरक्षण पत्रकार मञ्चका केन्द्रिय प्रबक्ताको जिम्मेवारीका रहेका छन् ।

रिजाल हाल युगबोध राष्ट्रिय दैनिकका भालुवाङ प्रतिनिधि, हाँक राष्ट्रिय साप्ताहिकका दाङ जिल्ला प्रतिनिधिका रुपमा समेत कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ दाङ शाखाको करिब तीन पटक जिल्ला कार्य समितिमा रहेर समेत जिम्मेवारी बहन गरिसकेका छन् । पुरुस्कृत पछि प्रतिक्रिया दिंदै पत्रकार रिजालले यो पुरुस्कारले काम गर्न थप उर्जा र हौसला मिलेको बताए ।

उनले हाम्रो मेहन्त र योगदान मात्र नभई सिंङ्गो नेपाली सञ्चारमाध्यम तथा पत्रकारको महत्वलाई गाउँपालिकाले बुझेर सम्मान गर्नु एकदमै स्वागतयोग्य कार्य भएको बताए । उनले पत्रकारहरुलाई पुरुस्कृत मात्र गरेर नभई पत्रकारिताको विकासका लागि थप बजेट बिनियोजन गर्नुपर्ने समेत धारण व्यक्त गरे । सञ्चारमाध्यम तथा पत्रकारको महत्व सबै स्थानीयतहले बुझनुपर्ने समेत बताए ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, विभिन्न वडाका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सहलेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...