News Portal

बरिष्ठ पत्रकार महेश रिजाल पुरुस्कृत

सन्तोषकुमार गुप्ता
८२८ पटक

भालुवाङ,दाङ : देउखुरीको भालुवाङलाई बिगत लामो समय देखि कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आइरहेका बरिष्ठ पत्रकार महेश रिजाललाई आज राप्ती गाउँपालिकाले एक कार्यक्रमका बीच उत्कृष्ट पत्रकारका रुपमा पुरुस्कृत गरेको छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा एकदमै उत्कृष्ट पत्रकारिता गरेको भन्दै पुरुस्कृत गरिएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रममा पत्रकार रिजाललाई पुरुस्कृत गरेको छ ।

रिजाललाई नगद दुई हजार र प्रमाण—पत्रले सम्मान गरिएको थियो । हाल पत्रकार रिजाल नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का प्रदेश पार्षद्, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष, दाङ—देउखुरी बातावरण संरक्षण पत्रकार मञ्चका केन्द्रिय प्रबक्ताको जिम्मेवारीका रहेका छन् ।

रिजाल हाल युगबोध राष्ट्रिय दैनिकका भालुवाङ प्रतिनिधि, हाँक राष्ट्रिय साप्ताहिकका दाङ जिल्ला प्रतिनिधिका रुपमा समेत कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ दाङ शाखाको करिब तीन पटक जिल्ला कार्य समितिमा रहेर समेत जिम्मेवारी बहन गरिसकेका छन् । पुरुस्कृत पछि प्रतिक्रिया दिंदै पत्रकार रिजालले यो पुरुस्कारले काम गर्न थप उर्जा र हौसला मिलेको बताए ।

उनले हाम्रो मेहन्त र योगदान मात्र नभई सिंङ्गो नेपाली सञ्चारमाध्यम तथा पत्रकारको महत्वलाई गाउँपालिकाले बुझेर सम्मान गर्नु एकदमै स्वागतयोग्य कार्य भएको बताए । उनले पत्रकारहरुलाई पुरुस्कृत मात्र गरेर नभई पत्रकारिताको विकासका लागि थप बजेट बिनियोजन गर्नुपर्ने समेत धारण व्यक्त गरे । सञ्चारमाध्यम तथा पत्रकारको महत्व सबै स्थानीयतहले बुझनुपर्ने समेत बताए ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, विभिन्न वडाका वडाध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार र स्थानीय नागरिकको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सहलेखापाल रेशमराज अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...