News Portal

पेट्रोलियमको मूल्य घटाइयो, उपभोग्य वस्तुको मूल्य उच्च बृद्धि घट्नेमा शङ्का

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर कटाएर उपभोक्तालाई  राहत  दिएको  छ । सरकारको निष्कर्ष पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार मूल्य बढेको भन्ने छ । कर कटाएर  पेट्रोलियम  पदार्थको मूल्य घटाइएको  जानकारी  दिन  आयोजित  पत्रकार  सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  दिलेन्द्रप्रसाद  बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजार मूल्य अस्वाभाविक बढेकाले उपभोक्तालाई राहत दिन सरकारले मूल्य घटाएको जानकारी दिए ।

उनले  डिजेल,  पेट्रोलको  मूल्य  घटेसँगै  बजारमा भएको मूल्यवृद्धि घट्ने बताए । बजार अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाउने र अस्वाभाविक मूल्य लिएको पाए तत्काल कारबाही गर्ने पनि उनले बताए । बजार भाउ सम्बन्धमा सरकारको विश्लेषण र निष्कर्ष यस्तो रहेको भए पनि निजी क्षेत्र बजार मूल्य बढेको मान्न तयार छैन ।

त्यसैले इन्धनको मूल्यवृद्धिलाई प्रमुख कारण देखाएर अन्य दैनिक उपभोग्य  वस्तुमा  भएको  मूल्यवृद्धि  भने  घट्ला  भन्नेमा शङ्का छ । अधिकांश उपभोग्य वस्तुमा एक पटक मूल्य बढेपछि पुनः त्यसको  मूल्य  घटेको अनुभव उपभोक्ताले गर्न नपाएको विगतका अनुभव छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...