News Portal

अनेसास कुवेतले १५ जुलाईमा २०९औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम

हिमालीसंचार संवाददाता
३६५ पटक

कुवेत-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ।

क़रीब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझमा नेपाली भाषा र साहित्य,प्रवर्धन रविकासको लागि सक्रियताकासाथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरलेबिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्षपनि भानु जयन्ती रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउने आज २४ जुन २०२२ का दिनफाहाहिल स्थित एवान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको  बैठकलेनिर्णय गर्रेको छ।

कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आआफ्नोरचनाहरु लिएर उपस्थित भइदिनु हुन बारे जानकारी गराउदै आयोजक मुल समितिका संयोजकगोबिन्द प्रसाद तिम्सीनाले जानकारी दिए।

कार्यक्रम हुने

मिति :-  १५ जुलाई, २०२२  शुक्रबार

समय :-  दिनको ठिक ०१:०० बजे 

स्थान :-  नेपाली एवान रेष्टुरेन्ट फाहाहिल 

आयोजक :- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...