News Portal

लेटाङ नगरपालिकाको बजेट ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८०

हिमालीसंचार संवाददाता
३१७ पटक

लेटाङ – लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख बढीको बजेट सार्वजनिक गरेको छ । आज भएको दोश्रो नगरसभाको पहिलो बैठकमा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ३१ लाख ३९ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

जसमध्ये आयतर्फ आन्तरिक राजस्वाट १३ करोड १४ लाख ४५ हजार अनुमान गरिएको छ भने संघीय राजस्व बाँडफाँडबाट १० करोड ७९ लाख ९५ हजार, प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्तहुने सवारी साधन कर ६४ लाख १३ हजार ४ सय ८० र गतवर्षको नगद मौज्दात ९ करोड रहेको उल्लेख गरिएको छ ।

यसैगरि वित्तीय समानीकरण अनुदानबाट १३ करोड २३ लाख, संघीय सशर्त अनुदानबाट २१ करोड ३६ लाख, संघीय समपूरक अनुदानबाट ६० लाख, विशेष अनुदान १ करोड २० लाख, प्रदेश वित्तीय समानीकरण अनुदान ७२ लाख ११ हजार, प्रदेश सशर्त अनुदान ९ लाख १८ हजार, प्रदेश समपूरक अनुदान १ करोड, सशर्त अनुदान जिससबाट प्राप्त हुने ५२ लाख ५७ हजार, सडकबोर्डबाट प्राप्त हुने रकम ५० लाखर जनसहभागतिाबाट १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएकोछ । 

नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा समृद्ध लेटाङ, सुखी नगरवासीलाई नगरको दीर्घकालिन सोचको रुपमा उल्लेख गरिएको छ भने त्यस दीर्घकालिन सोचलाई पुरा गर्न लेटाङ नगर विकासको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने ध्येय लिइएको छ । प्रस्तुत बजेट नीति तथा कार्यक्रम नगरसभामा सर्वसहमतिमा पारित भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...