News Portal

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा रक्तदान कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
४०५ पटक

कुवेत हरि बानियाँ – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो।

“रक्तदान जीवनदान” नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सप्पन्न भयाे। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी,गैरअावासीय नेपाली संघ कुवेतकाे अध्यक्ष रणध्वज लामा लगायत महासंघ वैदेशिक शाखाका सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो। महासंघबाट उपस्थिति सबैजनाले रक्तदान गरे।

रक्तदान कार्यक्रमको सम्योजन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका उपाध्यक्ष राज मल्ल गरेका थिए भने र विशेष ब्यबस्थापन गर्ने नेपाली रक्तदाता संघ कुवेतका (NBDA KUWAIT) अध्यक्ष रुपेन हमालले
गरेका थिए। रक्तदान कार्यक्रममा जान आउनको लागि यातायातको समेत व्यवस्था गरिएको थियो भने रक्तदान पछि
रक्तदान गरेका व्यक्तिहरुलाई जुस पानी, फलफूल तथा हल्का खानपिनकाे व्यवस्था समेत थियोे।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतकाे रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए।आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन्। ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा अझै रगतको चरम संकट छ। कुनै पनि एक तन्द्रुस्त स्वस्थ व्यक्तिले डाक्टरको सल्लाहअनुसार तीन /तीन महिनामा रक्तदान गर्न सकिन्छ।

कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो। यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि पनि हो । तपाईंले गरेकाे रक्तदानले अाफनो जीवनलाई मात्र नभई अरुको पनि जीवन बचाउँछ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...