News Portal

युक्रेनको सेभेरोदोनेस्क सहर रुसी सेनाको घेरामा, पछि हट्न निर्देशन

हिमालीसंचार संवाददाता
४३५ पटक

युक्रेन। भीषण युद्ध चलिरहेको सेभेरोदोनेस्क सहरमा रहेका युक्रेनी सैनिकहरुलाई पछि हट्न निर्देशन दिइएको सो क्षेत्रका युक्रेनी अधिकारीहरुले बताएका छन्।

सेभेरोदोनेस्क करिबकरिब रुसी सेनाको घेरामा रहेको बताइएको छ। ‘महिनौँदेखि त्यहाँ गोलाबारी भइरहेको छ। अब त्यही ठाउँमा बसिराख्नुको अर्थ देखिँदैन,’ लुहान्स्क क्षेत्रका प्रमुख सेर्गेइ हाइदेइले भने।

सेभेरोनोस्क सहर सँगैको लिसिचान्स्क सहरसँग जोडिएको छ। हाइदेइले सेभेरोदोनेस्कको ९० प्रतिशत घरहरुमा गोलाबारी भएको र ८० प्रतिशत ध्वस्त भएको बताएका छन्।

यद्यपि, शुक्रबार बिहान मात्रै युक्रेनी सेनाले सेभेरोदोनेस्कका लागि लडाइँ चलिरहेको बताएको थियो। बिहीबार रुसी सेनाले यी दुई सहरको दक्षिणतिर थप भूमि कब्जा गरेको थियो। जसका कारण त्यहाँ रहेका युक्रेनी सैनिकहरु घेरामा पर्ने जोखिम बढेको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...