News Portal

  • बालेनले ल्याउदैछन् २५ अर्बको बजेट

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ।

    देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था भएअनुसार आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै छन्।

    उपमेयर सुनिता डंगोलले महानगपालिकाको परिषद्को बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कुल २५ अर्बमध्ये २३ अर्ब रुपियाँ कामपाको सञ्चित कोषमार्फत् खर्च हुनेछ।

    ‘कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरू र आयोजनाको खर्च महानगरको बजेटमा सार्वजनिक भए पनि तोकिएको शीर्षकमा मात्र खर्च हुनेछ। त्यसैले कामपाले खर्च गर्न पाउने रकम करिब २३ अर्ब रहनेछु,’ कामपा स्रोतले भन्यो।

    मेयर बालेन्द्र साह, उपमेयर डंगोल, राजस्व विभागमा निर्देशक डा.शिवराज अधिकारी, लेखा विभागका निर्देशक बुद्ध मानन्धरलगायत टिमले बजेट तयार गरिरहेको छ। यो खबर आजको नेपालसमाचारपत्र दैनिकमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २० गतेको राशिफल

    आज असोज २०, २०८२ (अक्टोबर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...