News Portal

  • रोजगारदाताले क्वारेन्टाइन शुल्क तिर्न अस्वीकार गर्दा, जुहाईमा गैरआवासीय श्रमिकहरुको विरोध प्रर्दशन

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    ऐजेन्सी – कोराना महामारीका कारण मकाउ सरकारले निर्धारण गरेको नियम अनुरुप सरकारले तोकेको स्थानमा क्वारेन्टाइन बस्नु पर्ने हुन्छ । सो  क्वारेन्टाइन बसेको लागत मकाउ स्थित रोजगारदाताले तिर्न अस्वीकार गर्दा जुहाई स्थित क्वारेन्टाइन बसेका गैरआवासीय श्रमिकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् ।

    चीनका विभिन्न राज्यबाट करिब २ सयको संख्यमा गैरआवासीय श्रमिकहरु आएर जुहाइमा क्यारेन्टाइन बसेका छन्। उनीहरु सरकारले तोकिएको होटलमा क्वारेन्टाइन बसेका गैरआवासीय श्रमिकहरुको भिसा यहि जुन ३० तारिखसम्म रहेको छ। उनीहरुको भिसा नविकरण नभए उनीहरु जुहाईबाट घर फर्कनु पर्नेछ भनिएको थियो। श्रमिकहरुले एक महिनाको तलब बराबरको क्वारेन्टाइनको खर्च जुटाउन नसक्ने बताएका छन् । जुहाईमा तोकिएको होटलको क्वारेन्टाइन शुल्क तिर्नुपर्ने कामदारहरूलाई रोजगारदाताले बताएको थियो। तर, रोजगारदाताले उक्त शुल्क तिर्न अस्वीकार गरेपछि गैरआवासीय श्रमिकहरुले जुहाईमा विरोध प्रर्दशन गरेका हुन्। 

    यता, मकाउ सरकारले ब्यूरोका कर्मचारीहरूलाई घटनास्थल पठाइएका थिए । श्रम मामिला ब्यूरो कानूनी रूपमा रोजगारदाताले शुल्क तिर्नु नपर्ने बताएको छ ।  कम्पनीका प्रतिनिधि र कर्मचारी दुवैले समस्या समाधान गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

    श्रम मामिला ब्यूरोले गैरआवासीय श्रमिकहरुलाई मागहरू तर्कसंगत रूपमा व्यक्त गर्न र कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न ठुलो संख्यामा भेला नहुन अनुरोध गरेको छ। अधिकारीहरूले घटनाको अनुगमन जारी राख्ने जनाएको छ । सृर्जित समस्याको समाधान गर्न र उनीहरुको वैध श्रम अधिकारको रक्षा गर्न रोजगारदाता र कर्मचारी दुवैसँग समन्वय कायम गर्ने बताएका छन् । 

    चीनको जुहाई राज्यबाट मकाउ प्रवेश गर्ने व्यक्तिहरूको लागि नयाँ कानून अख्तियार गरेको हुनाले मकाउ प्रवेश गर्ने गैरआवासीय श्रमिकहरुले सरकारले निर्धारण गरेको क्वारेन्टाइन होटलमा ७ दिन र सेल्फ क्वारेन्टाइन ७ दिनको सम्पूर्ण लागत खर्च व्यहोर्नु पर्ने उल्लेख गरेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...