News Portal

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू, बिएण्डसी बिर्तामोडले असार २० गतेदेखि सेवा बन्द गर्ने

रुजु भएका अस्पतालको रकम हामीले रोकेका छैनौ - बीमा बोर्ड

हिमालीसंचार संवाददाता
४१० पटक

अविन माबो/झापा – स्वास्थ्य बिमा बोर्डका लपार्वाहीका कारण ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराउदा अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम तत्काल उपलब्ध नगरे सेवा बन्द गर्ने बताएका छन् । 

बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम सञ्चालन गर्न नसक्ने बताए । उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत बिएण्डसीलाई ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको बिएण्डसी कलेजले दैनिक ५ सय बिरामीको उपचार गर्दै आएको छ । उनले बीमाबापतको रकम भुक्तानी नगरे यही असार २० गतेदेखि सेवा बन्द गर्ने बताए । 

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिसकेको छ । शिक्षण अस्पतालले ०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।  नोबेल मेडिकल कलेजले गत मङ्सिरदेखि बीमितको उपचारमा गरेको रकम पाउन सकेको छैन । बोर्डले नोबेललाई ५४ करोड ३८ लाख बीमितको उपचार गरेबापतको रकम दिन बाँकी रहेको जनाएको छ। 

यता, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बीमाबापतको रकम उपलब्ध गराउँदै आएको बताए । “अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानून र कार्यविधिअनुसार बीमितको उपचारबापतको रकम दिने हो”, उनले भने, “अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौँ । नियमअनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौँ ।” 

उनले अस्पतालले नियमअनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताए । बोर्डका अनुसार गत साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध गराइसकेको छ । यस्तै जेठयता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उनको भनाइ छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि ४५० अस्पतालसँग सम्झौता गरेको छ । 

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । एउटा परिवारले ३ हजार ५ सयको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको पाँच जना सदस्यले अस्पतालमा १ लाख बराबरको उपचार सेवा लिन पाउने व्यवस्था रहेको छ । हाल देशभरका ७७ जिल्लामा ५७ लाख मानिस बीमा कार्यक्रममा सहभागी भएका छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...