News Portal

मकाउले समुदायमा कोरोना परीक्षण सक्यो, ४९ जनामा कोरोना पुष्टि र १८ सयभन्दा बढी क्वारेन्टाइन

हिमालीसंचार संवाददाता
३०८ पटक

ऐजेन्सी – हेल्थ व्यूरो मकाउले आइताबारदेखि मंगलबार तीन दिनसम्म समुदायमा न्यूक्लिक एसिड (कोरोना) परीक्षण गरेको छ । सरकारले तीन दिनसम्म कोरोना परीक्षण गर्दा १० मिक्स नमूनाहरुको ३४ सेट प्रारम्भित सकारात्मक परीक्षण गरेको छ । मकाउ हेल्थ व्यूरोले गरेका उक्त परीक्षणहरु मध्ये केही अझै समिक्षा अन्तरगत राखेको बताएको छ । ४९ जनामा कोरोना पुष्टि र १८ सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

हेल्थ व्यूरोले तीन दिनसम्म समुदायमा गरेको परीक्षणमा नोभेल कोरोना भाइरस प्रतिक्रिया तथा समन्वय केन्द्र मकाउका अनुसार मकाउमा कुल ६ लाख ७७ हजार ५८६ जनाको निशुल्क कोभिड-१९ परीक्षण गरिएको थियो । मकाउमा ९८ जना संक्रमित भएका छन् भने ८३ जनाले स्वास्थ्यलाभ लिएका छन् । 

न्यूक्लिक एसिड परीक्षण नगरेका व्यक्तिहरूको लागि स्वास्थ्य कोड पहेंलो रंगमा परिबर्तन गरिएको छ । उक्त व्यक्तिहरुले न्यूक्लिक एसिड परीक्षण गरिसकेपछि र नकारात्मक नतिजा प्राप्त भएपछि मात्र कोड परिवर्तन हुने हेल्थ व्यूरो मकाउले जनाएको छ। 

हेल्थ व्यूरोका अनुसार पहेँलो स्वास्थ्य कोड भएका व्यक्तिहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न रोक लगाएको छ। त्यस्तै, सार्वजनिक यातायात प्रयोग गर्न र शहर छाड्न प्रतिबन्ध गरिएको छ । यी व्यक्तिहरूले मकाउ प्रहरीको साथमा व्यूरोले तोकेका परीक्षण स्थलमा परीक्षण गर्नु पर्ने समेत बताएको छ । अझै न्यूक्लिक एसिड परीक्षण गर्न अस्वीकार गर्नेहरूलाई हेल्थ व्यूरोले तोकिएको ठाउँमा १४ दिनको क्वारेन्टाइन बस्नु पर्ने स्वास्थ्य अधिकारीले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...