News Portal

वायुसेवा सञ्चालक संघले आजदेखि सबै उडान बन्द गर्ने निर्णय

हिमालीसंचार संवाददाता
३९० पटक

काठमाडौं – वायुसेवा सञ्चालक संघ नेपालले आजदेखि संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले सेवा प्रदान गर्दै आएका आपत्कालीन सेवाका सबै उडान सेवा बन्द गर्ने भएको छ ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ताको माग गर्दै संघले विरोध स्वरुप सेवा बन्द गर्न लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन देखाएका कारण आपत्कालीन उडान सेवा समेत बन्द गर्ने संघले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्रि बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताए । उनले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको सेमत बताए। 

प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताए । संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इन्डस्ट्रीमा आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए । प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायीहरुले गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...