News Portal

  • वायुसेवा सञ्चालक संघले आजदेखि सबै उडान बन्द गर्ने निर्णय

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    काठमाडौं – वायुसेवा सञ्चालक संघ नेपालले आजदेखि संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले सेवा प्रदान गर्दै आएका आपत्कालीन सेवाका सबै उडान सेवा बन्द गर्ने भएको छ ।

    विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ताको माग गर्दै संघले विरोध स्वरुप सेवा बन्द गर्न लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन देखाएका कारण आपत्कालीन उडान सेवा समेत बन्द गर्ने संघले जनाएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्रि बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताए । उनले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको सेमत बताए। 

    प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताए । संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनु पर्ने माग समेत गरेको छ ।

    संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इन्डस्ट्रीमा आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए । प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायीहरुले गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...