News Portal

नेकपा अध्यक्ष केपी ओली र दुबईका राजपरिवार सदस्य शेख मोहम्मदबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं –  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमबीच आज भेट बार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले नेकपा एमाले अध्यक्ष आलीलाई भेटेका हुन्।

युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेकपा एमाले केन्द्रिय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको व्यक्तिगत निमन्त्रणामा नेपाल भ्रमणका लागि ३ गते नेपाल आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए।

युएइ दुबईको राजपरिवारका सदस्य शेख मोहम्मद मक्तुमले झापा जिल्लाका विभिन्न स्थानमा सार्वजनिक कार्यक्रम उद्धाटन गरेको भन्दै गृहले रोक समेत लगाएको थियो। निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो । ‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रूट प्रयोग गर्न दिएको थियो।

तर, निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, साँस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन/शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त नहुने भन्दै रोक लगाएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...