News Portal

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।

आज बसेको मन्त्री परिषदको बैंठकले उनीमाथि आवश्यक छानबिन गर्ने निर्णय गरेको छ। अध्यक्ष अधिकारीले कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए । मन्त्रिपरिषद्को बैठकले ती सबै विषयमा छानबिन गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ। 

उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । ट्विनेटर विमान भाडामा दिँदा कानूनी आधारभन्दा औचित्य बाहिर गएको, उनले साउदी अरबमा निगमको सेवा विस्तारको उद्घाटन गर्न जाँदा जम्बो टोली लगेर वित्तीय संस्थालाई ठुलो हानी पुर्‍याएको, सार्वजनिक प्रतिस्पर्धा नगरी एउटा संस्थालाई मात्र टिकट बिक्री गर्ने जिम्मा दिएको, जसमा अध्यक्ष आफैंले लाभ लिएको, निगमका पदाधिकारी र कर्मचारीलाई अनुशासनमा राख्न नसकेको र पदअनुसारको आचरण नदेखाएको लगायतका विषयमा स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टीकरण सोधिएका विषयमा चित्तबुझ्दो जवाफ नदिएको हुनाले र कर्मचारीमाथि दूर्व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन समेत गरिएको छ। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...