News Portal

  • नेपाल भ्रमणमा रहेको युएइका राजकुमार औपचारिक कार्यक्रममा सहभागि हुन गृहको रोक

    हिमालीसंचार संवाददाता
    ३३१ पटक

    अविन माबो/झापा – झापा जिल्लामा रहेका युएईका राजपरिवारका एक जना सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम सहभागी हुने औपचारिक कार्यक्रममा गृह मन्त्रालयले रोक लगाएको छ।

    मेडिकल व्यवसायीसमेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शनिबार नेपाल आएका थिए। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै झापा गएका थिए। प्रसाईंले खोलेको मेडिकल कलेजका विभिन्न कार्यक्रममा सहभागी भए । युएईका राजपरिवारका सदस्यको उक्त भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी दिइएको कारण गृहले रोक लगाएको श्रोतले जानकारी दिए। 

    निजी भ्रमणमा औपचारिक र सार्वजनिक कार्यक्रम गर्न नमिल्ने भन्दै गृहको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। ‘युएईका राजपरिवारका सदस्यलाई युएईको दूतावासको अनुरोधमा परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रूट प्रयोग गर्न दिएको छ।,’ 

    झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले भने, दुर्गा प्रसाईंको व्यक्तिगत निमन्त्रणामा नेपाल आएको देखिन्छ। निजी भ्रमणमा आएको व्यक्तिले सार्वजनिक, सामाजिक, साँस्कृतिक सम्पदाहरूको उद्घाटन गर्ने, मस्जिद उद्घाटन गर्ने वा मदरसाको उद्घाटन/शिलान्यास गर्नेजस्ता कुरा गर्न उपयुक्त हुँदैन। किनभने यो कुटनीतिक सम्बन्धको पनि कुरा हुन्छ। ’

    युएईका राजपरिवारका सदस्य सहभागी हुने कुनै पनि कार्यक्रम नेपाल सरकारको अनुमति लिएर गरेको नपाइएको पनि गृह मन्त्रालय स्रोतले बताएको छ। युएईका राजपरिवारका सदस्यले झापाका कचनकवल र भद्रपुरमा मस्जिद, विश्वविद्यालय शिलान्यास गर्नेजस्ता कार्यक्रम तय भएका थियो । ती कार्यक्रममा गृहले रोक लगाइ दिएको छ।

    तस्वीरः विनोद पाण्डे

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...