News Portal

राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो बेलायतमा हुने

हिमालीसंचार संवाददाता
४३८ पटक

बेलायत – पूर्व ब्रिटिस आर्मी, ग्राड मास्टर साउथ एसियाली आठौं साग स्वर्ण पदक विजेता चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायत स्थित अल्डसर्टमा हुने भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा आगामि २७ अगष्टमा प्रिमियर शो प्रर्दशन हुन लागेको हो।

नेपालको विभिन्न स्थानमा छायांलन गरिएको चलचित्रको युवराज राईले निर्देशक गरेका हुन् । विजया राईको प्रस्तुति रहेको कथानक चलचित्रमा रवी थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो अल्डसर्टमा प्रर्दशन हुने जानकारी आइतबार पत्रकार सम्मेलनमा चलचित्र निर्माण युनिटले जानकारी दिए।

‘सोल अफ द कमाण्डो’ चलचित्रमा नायक राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको मुख्य अभिनय रहेको छ ।उक्त चलचित्रमा एक आर्मीको संघर्षलाई कथाबस्तुमा समेटिएको छ। 

चर्चित युवा संगीतकार सन्तोष दुमी राई र आनन्द राईको संयुक्त संगीत रहेको चलचित्रका गीत नायक राजकुमार राई र चत्तुरभक्त राईले संयुक्त रुपमा रचना गरेका हुन्। चलचित्रको द्वण्द्व एनबी महर्जन र छायांकन दीर्घ गुरुङले गरेका छन ।

बेलायतमा हुने प्रिमियर शो टिकट दर २० पाउण्ड राखिएको छ। प्रिमियर शो मार्फत संकलित रकमका केही अंश सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ। आयोजित पत्रकार सम्मेलनको कार्यक्रम संचालन रोमियन लिम्बुले संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...