News Portal

मालपोत कार्यालयमा लालपुर्जा खोज्दा, भेटियो मृत्युदर्ताको प्रमाणपत्र

हिमालीसंचार संवाददाता
३६८ पटक

काठमाडौं – जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा जोड्ने हुन्छ ।

तर, दुःख गरेर किनेको जग्गाको रेखदेख पु¥याउन सकिएन भने अर्कैको हातमा पुगेको पत्तै हुँदैन । त्यस्तै घटना विस २०५५ सालमा कीर्तिपुरमा घडेरी किनेर जापान पुगेका एक दम्पती नेपाल फर्किएर मालपोत पुग्दा जग्गा त भेटिएन उल्टै हात लाग्यो आफ्नै मृत्युदर्ताको प्रमाणपत्र । 

जग्गाको अभिलेख मालपोत कार्यालयमा सुरक्षित रहन्छ र माटो कसैले बोकेर लान सक्दैन भन्ने विश्वास लमजुङका तारानिधि लोहनी र शान्तादेवी लोहनीका लागि पूर्णतः गलत साबित भयो । गत जेठ ५ गते जापानबाट नेपाल फर्किएर १३ गते मालपोत कार्यालय कलङ्कीमा लालपुर्जा खोज्दा शान्तादेवी लोहनीको नामको जग्गा अर्कैले किनेको पाइयो ।

त्यसपछि मालपोतको अभिलेख खोज्दा आफ्नै मृत्युदर्ताको प्रमाणपत्र फेला प-यो । शान्तादेवीले गुनासो गरिन्, “लामो समय विदेशमा बसेर कमाएको पैसाले किनेको जग्गा खोज्न जाँदा मृत्युदर्ता फेला प¥यो ।” उनले आफू सासू बिरामी भएर उपचार गर्न आएको बेला नसोचेको झमेलामा परेको भन्दै मानसिक तनावमा परेको गुनासो पनि गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...