News Portal

मकाउमा २१ जनामा कोरोना पुष्टि, सरकारको उच्च सतर्कता

हिमालीसंचार संवाददाता
२८८ पटक

एजेन्सी – कोभिड-१९ उच्च सतर्कता अपनाएको मकाउले आवागमनमा प्रतिबन्ध लगाएको मकाउ शहरमा स्थानीय समय अनुसार ४ बजेको हेल्थ व्यूरोले दिएको जानकारी अनुसार २१ जनामा कोरोना पुष्टि भएको छ।  मकाउ हेल्थ व्यूरोका निर्देशक अल्भिस लोले आज दिउँसो आयोजित विशेष पत्रकार सम्मेलनमा २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

मकाउमा ४८ धण्टाभित्र न्यूक्लिक एसिड परीक्षण गर्न आज १२:०० बजेदेखि शुरु गरिएको छ। मकाउमा १२ जनामा कोरोना पुष्टि भएपछि मकाउमा हलचल मच्चिएको थियो। यधपि सरकारले आज विहानदेखि नै समुदायमा कोरोना परीक्षण गर्ने नीति अबलम्बन गरेका थिए। न्यूक्लिक एसिड परीक्षण आगामी २२ तारिखसम्म परीक्षण गरिने भएको छ।  

कोभिड-१९ नयाँ लहर हिजो साँझ पहिलो पटक एक स्थानीयमा कोभिड-१९ परीक्षण गर्दा फेला परेको थियो । उनी अस्वस्थ्य मरसुस गरेर किङगो अस्पतालमा कोरोना परीक्षण गर्न पुगेका थिए। उनको कोभिड-१९ नमुना पोजिटिप देखिएपछि सरकारले थप अनुसन्धान थालेका थिए। 

मकाउमा २१ जनामा कोरोना पुष्टि भएका ८ महिनाका नावालकदेखि ८९ बर्षीय बृद्धासम्म रहेका छन् । अधिकारीका अनुसार ८ जनामा कोरोना लक्षण, १३ जनामा एसिम्प्टोमेटिक रहेको छ। कोरोना पुष्टि भएका २ जना स्थानीयले कोरोना खोप नलगाएका नोवेल कोरोनाभाइरस प्रतिक्रिया र समन्वय केन्द्रका संयोजक डा. लियोङ इक हाउले बताए। 

एल्भिस लोले भने, १३ जना गैरआवासीय कामदारहरु जो किङगो अस्पताल नजिकैको (अपार्टमेन्ट) एक आवासीय भवनमा बसेकाले आशंकाको रुपमा लिएका छन् । ती मध्ये एक जना मकाउको कारागरमा कार्यरत गैरआवासीय रहेको बताएको छ। मकाउ हेल्थ व्यूरोले मकाउ कारागारका सम्पूर्ण सहकर्मीहरुको परीक्षण गरिसकेको जनाएका थिए। 

मकाउमा फैलिएको यो लहरका कोरोना महामारी मकाउका लागि चुनौतिका रुपमा अधिकारीहरुले लिएका छन्। सरकारले सार्वजनिक स्थल, विधालय, सरकारी विभागहरु बन्द गरेको जनाएको छ। स्वास्थ्य अधिकारीहरूले अझै यसको श्रोत पत्ता लगाउन सकिरहेका छैनन् । 

मकाउका एक नगरपालिका मामिला ब्यूरोले पनि लगभग तीन दिनको लागि पर्याप्त मासु, तरकारी र अत्यावश्यक सामान रहेको हुदा वर्तमान आपूर्ति पर्याप्त रहेको जनाउदै अनावश्यक किनमेल नगर्न सम्बन्धित सर्वसाधरण समक्ष आग्रह गरेको छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...