News Portal

मकाउमा २१ जनामा कोरोना पुष्टि, सरकारको उच्च सतर्कता

हिमालीसंचार संवाददाता
३७२ पटक

एजेन्सी – कोभिड-१९ उच्च सतर्कता अपनाएको मकाउले आवागमनमा प्रतिबन्ध लगाएको मकाउ शहरमा स्थानीय समय अनुसार ४ बजेको हेल्थ व्यूरोले दिएको जानकारी अनुसार २१ जनामा कोरोना पुष्टि भएको छ।  मकाउ हेल्थ व्यूरोका निर्देशक अल्भिस लोले आज दिउँसो आयोजित विशेष पत्रकार सम्मेलनमा २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

मकाउमा ४८ धण्टाभित्र न्यूक्लिक एसिड परीक्षण गर्न आज १२:०० बजेदेखि शुरु गरिएको छ। मकाउमा १२ जनामा कोरोना पुष्टि भएपछि मकाउमा हलचल मच्चिएको थियो। यधपि सरकारले आज विहानदेखि नै समुदायमा कोरोना परीक्षण गर्ने नीति अबलम्बन गरेका थिए। न्यूक्लिक एसिड परीक्षण आगामी २२ तारिखसम्म परीक्षण गरिने भएको छ।  

कोभिड-१९ नयाँ लहर हिजो साँझ पहिलो पटक एक स्थानीयमा कोभिड-१९ परीक्षण गर्दा फेला परेको थियो । उनी अस्वस्थ्य मरसुस गरेर किङगो अस्पतालमा कोरोना परीक्षण गर्न पुगेका थिए। उनको कोभिड-१९ नमुना पोजिटिप देखिएपछि सरकारले थप अनुसन्धान थालेका थिए। 

मकाउमा २१ जनामा कोरोना पुष्टि भएका ८ महिनाका नावालकदेखि ८९ बर्षीय बृद्धासम्म रहेका छन् । अधिकारीका अनुसार ८ जनामा कोरोना लक्षण, १३ जनामा एसिम्प्टोमेटिक रहेको छ। कोरोना पुष्टि भएका २ जना स्थानीयले कोरोना खोप नलगाएका नोवेल कोरोनाभाइरस प्रतिक्रिया र समन्वय केन्द्रका संयोजक डा. लियोङ इक हाउले बताए। 

एल्भिस लोले भने, १३ जना गैरआवासीय कामदारहरु जो किङगो अस्पताल नजिकैको (अपार्टमेन्ट) एक आवासीय भवनमा बसेकाले आशंकाको रुपमा लिएका छन् । ती मध्ये एक जना मकाउको कारागरमा कार्यरत गैरआवासीय रहेको बताएको छ। मकाउ हेल्थ व्यूरोले मकाउ कारागारका सम्पूर्ण सहकर्मीहरुको परीक्षण गरिसकेको जनाएका थिए। 

मकाउमा फैलिएको यो लहरका कोरोना महामारी मकाउका लागि चुनौतिका रुपमा अधिकारीहरुले लिएका छन्। सरकारले सार्वजनिक स्थल, विधालय, सरकारी विभागहरु बन्द गरेको जनाएको छ। स्वास्थ्य अधिकारीहरूले अझै यसको श्रोत पत्ता लगाउन सकिरहेका छैनन् । 

मकाउका एक नगरपालिका मामिला ब्यूरोले पनि लगभग तीन दिनको लागि पर्याप्त मासु, तरकारी र अत्यावश्यक सामान रहेको हुदा वर्तमान आपूर्ति पर्याप्त रहेको जनाउदै अनावश्यक किनमेल नगर्न सम्बन्धित सर्वसाधरण समक्ष आग्रह गरेको छ। 

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...