News Portal

मकाउभर हलचल १२ जनामा कोरोना पुष्टी, सरकारले तीन दिनसम्म परीक्षण गर्ने

हिमालीसंचार संवाददाता
३२६ पटक

एजेन्सी – मकाउमा (कोभिड-१९) कोरोना भाइरस १२ जनामा पुष्टि भएको मकाउ स्थित सिभिल प्रोटेक्शन सेन्टरले मकाउले जनाएको छ। त्यस्तै, चार लक्षणहरुसहित ८ जनामा एसिम्प्टोमेटिक रहेको बताएको छ।

मकाउमा कोरोना भाइरसको श्रोत अझै खुल्न सकेको छैन। हेल्थ व्यूरोका अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु मकाउ बाहिर गएका छैनन् । त्यसैले अधिकारीहरुले मकाउको स्थिति बिग्रन सक्ने चेतावनी दिएका छन्। कोरोना भाईरसको महामारी शुरु भएदेखि उच्च सतर्कता अपनाको मकाउले कुन श्रोतबाट कोरोना भाइरस आए। यसलाई गम्भीर रुपले लिनु पर्ने बताएका छन् । 

मकाउका सामाजिक मामिला र संस्कृतिका सचिव एल्सी एओ इयोङका अनुसार आज १२ बजेदेखि मकाउका पुरै शहरका समुदायको कोरोना परीक्षण गरिने छ। मकाउका शहरमा द्रुत गतिमा कोरोना परीक्षण गरेर शहरमा कोरोनाको अबस्था पत्ता लगाउन २२ तारिख तीन दिन मंगलबारसम्म कोरोना परीक्षणको नमूना परीक्षण गरिने बताए। 

मकाउ हेल्थ ब्यूरोका निर्देशक अल्भिस लोले पनी मकाउको पछिल्लो अबस्था गम्भीर रहेको स्वीकार गरेका छन् । मकाउमा कोरोना महामारी शुरु भएपछि सबै भन्दा उच्च सतर्कता अपनाएको कारण स्थिति सामान्य रहेको बताए। 

एकात्मक प्रहरी सेवाका लियोङ म्यान चेओङले शान्त रहन अपील गर्दै नागरिक सुरक्षा संयन्त्र सक्रिय रहेको र आधारभूत आवश्यकताको सामान्य वितरण सुनिश्चित गर्न उपभोक्ता परिषद्लाई सम्पर्क गरिसकेको बताएका छन् । 

मकाउ सरकारले आज विहानदेखि नै मकाउका शहरमा उच्च सर्तकता अपनाएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरिएको छ।  शहरका धेरै क्षेत्रमा नियन्त्रण, व्यवस्थापन र नियन्त्रण उपायहरू लागू गरिएको छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...