धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले निर्वाचित भएपछि प्राय: श्रमदानमा सहभागिता जनाउदै आएका छन्। हिजो शनिबार खानेपानी मुहान श्रोतका लागि धरान स्थित पकुवा खोलामा श्रमदानमा धराने जनताहरुसंग श्रमदानमै व्यस्त थिए।
धरान उपमहानगरपालिका धरानका खानेपानीको मुद्दा उठाएर उपमहानगरपालिका धरानका नगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन् । धरानको मुख्य समस्या नै खानेपानी हो। यो विषय हरेक चुनावमा विभिन्न पार्टीले एजेन्डा नै बनाए। तर, पनि धरानमा खानेपानी वितरणको समस्या हालसम्म दीर्धकालीन समाधान हुन सकेको छैन ।
धरान उपमहानगरपालिका धरानका नगर प्रमुख राईको चुनावी मुख्य एजेन्डा पनी खानेपानी नै थियो। सोही अनुरुप धरानका नगर प्रमुख पदमा निर्वाचित भएपछि उनी पानीको जोहो गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् ।
नगर प्रमुख राईले आज र भोली समेत श्रमदान कार्यक्रम रहेका हुनाले धरानका सचेत जनतासंग श्रमदान कार्यक्रममा सहभागि भइदिन आग्रह गरेका छन्। श्रमदानमा सहभागिहरुले वीपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठान सुधार, शुद्धिकरणका विषयमा समेत नगर प्रमुखलाई प्रश्न गर्दा नगर प्रमुख राईले पहिलो पहिलो प्राथमिकता खानेपानी त्यसपछि मात्र प्रतिष्ठान भएको बताए।