News Portal

रक्षक नै भक्षक : भीम रावल

हिमालीसंचार संवाददाता
३०३ पटक

राजधानी फोहोर, राजनीति फोहोर, कूटनीति झन फोहोर
फोहोर कर्ता स्वच्छ छौ भन्दै निकाल्ने चर्को स्वर,
सर्वत्र हेर फोहोरको थुप्रो डुङडुङती गन्हाणने!
मन्त्री भन्ने मुखछाडा कती, हुल्याहा नै जनाउने!

स्वाधीनता देशको दाउमा राख्दै एमसीसी* गराउने
नपुगी त्यसले एसपीपी^ मुनी देशलाई छिराउने,
देशका हामी नाइके हो भन्ने, पराईको ध्यान गर्ने
स्वभिमान संगै देशको हित विनाशी विष छर्ने!

आयु हो कति घरिना तिम्रो, अघाउने कतिले,
के आउछ सुदिन, समाज उठ्छ विपरीत मतिले?
जनजनको पुकार देशको चित्कार गुञ्जन्छ यसरी
रक्षक नै यहाँ भक्षक भए बाच्ने हो कसरी!

भीम रावल, काठमाडौं

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...