News Portal

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, त्यहिबाट अमेरिका औपचारिक भ्रमण

हिमालीसंचार संवाददाता
२४६ पटक

काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान प्रस्थान गरेका हुन्।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। टोलीले शनिबारदेखि असार १० गते शुक्रबारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकहरू तैनाथ लेवनान र त्यसपछि सिरियाका मिसनको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। 

मिशनहरूको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरिया, युएनआइएफआइएल र  युएनडिओएफ मिशनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए। 

त्यस्तै, प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक निमन्त्रणामा त्यहीबाट  असार १३ गतेदेखि १७ गतेसम्मको औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनीसहित पाँच सदस्यीय भ्रमणदल अमेरिका जानेछन्। 

भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किने छन् । 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...