News Portal

प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, त्यहिबाट अमेरिका औपचारिक भ्रमण

हिमालीसंचार संवाददाता
२७३ पटक

काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान प्रस्थान गरेका हुन्।

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन र युएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाको बारेमा जानकारी लिन सो टोली लेवनान प्रस्थान गरेको नेपाली सेनाले जानकारी दिएको छ।

प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए। टोलीले शनिबारदेखि असार १० गते शुक्रबारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सैनिकहरू तैनाथ लेवनान र त्यसपछि सिरियाका मिसनको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। 

मिशनहरूको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरूका बारेमा जानकारी लिने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरिया, युएनआइएफआइएल र  युएनडिओएफ मिशनका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए। 

त्यस्तै, प्रधान सेनापति शर्मा अमेरिकाको औपचारिक निमन्त्रणामा त्यहीबाट  असार १३ गतेदेखि १७ गतेसम्मको औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनीसहित पाँच सदस्यीय भ्रमणदल अमेरिका जानेछन्। 

भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन्। प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किने छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...