News Portal

  • किरात राई यायोक्खा मकाउलाई संस्थापक प्रमुख सल्लाहकार राईद्वारा मादल उपहार

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    मकाउ – किरात राई यायोक्खा मकाउका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किरात राई यायोक्खा मकाउलाई एक थान मादल उपहार प्रदान गरेका छन्। संगीतलाई माया गरिरहने संगीत पारखी, गीटार र मादलुका धुन-तालहरुसंगै रमाई रहन मन पराई रहने, संस्कार र संस्कृतिको लागि चनाखो संगीतप्रेमी व्यक्तित्व राईले आफ्नो सर्वोच्च संस्था किराया मकाउलाई उक्त उपहार प्रदान गरेका हुन्। 

    विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाएका पूर्वब्रिटिस आर्मी भक्तिराज राई, पूर्वब्रिटिस आर्मी कुमार राई र रत्नमणी राई मकाउ बसाईको क्रमलाई बिटमार्दै स्वदेश फर्कने क्रममा रहेका सदस्यहरुलाई किरात राई यायोक्खा मकाउद्वारा आयोजित विदाई कार्यक्रमका संस्थाका संस्थापक प्रमुख सल्लाहकार सदस्य भक्तिराज राईले किराया मकाउलाई एक थान मादल उपहार स्वरुप प्रदान गरेका हुन् । 

    किराया मकाउले संस्थापक सदस्यहरुका लागि मायाको चिनो, प्रमाण पत्र र खदा ओढाएर निकट भविष्यमा समेत संस्थाको लागि अमुल्य सल्लाह र सुझावको अपेक्ष सहित विदाई गरिएको किराया मकाउका उपाध्यक्ष केशव राईले हिमालीसंचारडटकमसंग बताए।

    कोरोना महामारीका कारण कोरोना रोकथाम तथा नियन्त्रणका लागि मकाउ सरकारले मकाउ आवागमनमा लगाएको प्रतिबन्धका कारण विगत लामो समयदेखि मकाउभित्र सिमित हुनु परेको थियो। गत हप्त मकाउ सरकारले आवागमनमा लचकता अपनाएसंगै मकाउमा श्रम गर्ने पुगेका विश्वका गैरआवासीय श्रमिकहरु घर विदाका लागि जान-आउन पाउने भएका छन्। 

    कोराना महामारी प्रकोपभन्दा पहिले सन् २०२० जनवरीसम्मको डाटा अनुसार मकाउमा ४ हजार ५ सय ३८ जना नेपाली श्रमिकहरुले श्रम गरिरहेका थिए। सन् २०२२ अप्रिलसम्मा ३ हजार १ सय ३५ जना श्रमिकहरु श्रम गरिरहेको तथ्यांक मकाउ सरकारसंग अभिलेख रहेको छ।

    तर, अहिले कति संख्यामा मकाउमा नेपाली श्रमिकहरुले श्रम गरिरहेका छन् यकिन तथ्यांक नेपाली महावाणिज्य दूताबास हङकङसंग अभिलेख छैन। नेपाल सरकारले अहिलेसम्म मकाउमा श्रम गर्ने श्रमिकका लागि कुनै मकाउबाट प्रत्यक्ष सेवा सुविधा प्रवाह गर्न सकेको छैन्। यधपि, अत्यावश्यक कामको लागि नेपाली दूताबास हङकङले समन्वय गर्दै आईरहेको छ।

    यसरी मकाउमा श्रम गर्न पुगेका नेपाली श्रमिकहरु अभिभाव विहिन बालबच्चा जस्तो टुहुरो भइ श्रम गरिरहेका छन्। मकाउमा श्रम गर्ने श्रमिकहरु आफ्नै बलबुत्तामा संघर्ष गरिरहेका श्रमिकका लागि नेपाल सरकारका सम्बन्धित निकायले उनीहरुका हकहित र अभिभावकीय भूमिका निर्वाह गरेका भए धेरै नेपाली श्रमिकहरुको रोजगार गुम्ने थिएन। पछिल्लो समय मकाउ सरकारले गैरआवासीय श्रमिकहरुका लागि भिसा नविकरण नगर्ने निर्णय लिदा यसको ठुलो मारमा नेपाली श्रमिकहरु पनी परेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...