News Portal

गैरआवासीय श्रमिकका भिसा नविकरण रद्ध गरी, स्थानीय श्रमिकलाई अबसर दिनुस् : सांसद कौटिन्हो

हिमालीसंचार संवाददाता
४५८ पटक

ऐजेन्सी – मकाउका सांसद जोसे परेरा काउटिन्होले गैरआवासीय कामदारहरू विशेष गरी गैर-विशिष्ट व्यक्तिहरूको भिसा नविकरण नगरी मकाउका स्थानीय बासिन्दाहरूका लागि प्राथमिकता दिई रोजगारीको सुनिश्चित गरी कार्यान्वयन गर्नका लागि मकाउ सरकारसँग पुन: अनुरोध गरेका छन् ।

मकाउका स्थानीय संचारमाध्यम टिडिएमले आज यो समाचार लेखेको छ। सांसद कौटिन्होले कोभिड-१९ महामारीका कारण आर्थिक प्रभाव र श्रम बजारमा आएको ह्रासको कारण मकाउमा स्थानीय बेरोजगार दर सन् २००९ उच्च रेकर्ड तोडेर ४.५% पुगेको उल्लेख गर्दै मकाउ सरकारलाई सांसद कौटिन्होले पुन: स्मरण गराउदै दबाब दिएका हुन्। 

त्यस्तै, श्रम मामिला ब्यूरोको तथ्यांकलाई उद्धत गर्दै, सांसद कौटिन्होले गैरआवासीय कामदारहरूको संख्या अझै पनी सक्रिय श्रम जनसंख्याको आधा प्रतिनिधित्व गर्दछ। लगभग १७० हजार गैरआवासीय कामदारहरु रहेको उल्लेख गर्दै मकाउ सरकारले स्थानीय श्रमिकका लागि प्राथामिकता नदिएको बताउदै स्थानीय श्रम ऐन कार्यन्वयन नगरेको मकाउ सरकारलाई आरोप लगाए।  

श्रम मामिला ब्यूरोका अनुसार मकाउमा आवश्यक जनशक्ति अपुग हुदा मात्र गैरआवासीय नागरिकका लागि रोजगार दिन सकिन्छ। उनीहरु अस्थायी पूरक हुन्। सांसद कौटिन्होले विगतका श्रमशक्तिको अभाव पूर्तिको रूपमा श्रम आयात आएको स्मरण गराउदै विशेष गरी स्थानीय कामदारहरूले काम गर्न सक्ने कामका लागि अबसर नदिएको अझै गैरआवासीय कामदारहरूका लागि निरन्तर अबसर प्रदान गरिरहेको भन्दै सरकारको आलोचना गरे।  

मकाउका ठुला उद्यमहरूले ठुलो संख्यामा गैरआवासीय कोटा प्राप्त गर्न सक्ने आशंका व्यक्त गर्दै सांसद कौटिन्होले श्रम कोटा न्यायोचित र उचित रूपमा वितरण गर्नु पर्ने जोड दिए। सासंद कौटिन्होले अहिले यस्तो परिस्थिमा ठुला कम्पनीहरुसंग श्रम कोटाका एकाधिकारमा ध्यान दिन, अप्टिमाइज गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए। 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...