News Portal

अघि बढ्यो वाम गठबन्धनको तयारी, के साच्चै सार्थक रुप लेला ?

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ । कम्युनिस्टहरू विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटघाट भएको छ । अध्यक्ष ओलीलाई भेट्न माओवादी केन्द्रका नेता श्रेष्ठ आइतबार बालकोट पुगेका थिए । सो भेट’ पुष्टि गर्दै नेता श्रेष्ठले पछिल्लो राजनीतिक विषयमा छलफल भएको बताए ।

आइतबार एमाले अध्यक्ष ओलीलाई भेटेका माओवादी केन्द्रका नेता श्रेष्ठले सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनुमति लिएर श्रेष्ठले भेटघाट गरेको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा खबर छ । 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...