News Portal

न्यायाधीश नियुक्तिका विषयमा नया मापदण्ड तयार हुँदै

हिमालीसंचार संवाददाता
२३७ पटक

काठमाडौं – न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्नेगरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ । 

विगतका भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने र उच्च अदालतमा क्षमतावान् न्यायाधीश नियुक्ति गर्नुपर्ने विषय प्रश्न उठेका छन् । क्षमतावान् न्यायाधीश नियुक्ति गर्दा मुद्दाको चाप पनि घटाउन सहयोग पुग्ने सुझाव सर्वोच्च अदालतका न्यायाधीशहरूले फुलकोर्ट बैठकमा दिएका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...