News Portal

खोटाङ सुनकोशी स्थित फोकसिङारको पुल छिटो सम्पन्न गर्न भट्टराईको अनुरोध

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जिल्ला जोड्ने सुनकोशी फोकसिङटार पुल निर्माण विगत ७ वर्षदेखि अलपत्र परेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले पुलको निर्माण छिटो सक्न अनुरोध गरेका हुन् ।

‘खोटाङ जिल्ला प्रवेश गर्ने लाइफ लाइनका रूपमा रहेको सुनकोसशीको फोक्सिङटारको पुल ७ वर्षदेखि विलम्ब भइरहेको छ,’ भट्टराईले भने, ‘यो पुल शीघ्र निर्माण गर्नका लागि सडक विभागमा धर्ना बस्यौँ । ४ पटक ठेकेदार कम्पनी र मन्त्रालयलाई उपस्थित गराएर कागज गरायौँ ।’ 

तर, यतिधेरै दबाब दिँदा पनि पुल निर्माणको काम सम्पन्न नभएको उनले गुनासो पोखे । उनले भने, ‘फेरिए पिच्छेका मन्त्री, सचिव र डीजीहरूसँग छलफल भइरहेको छ । बल्ल–बल्ल अहिले ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।’ तर, प्रत्येक वर्ष हालिने बेलिब्रिजमा लाखौं खर्च भइरहेको बताउँदै यो पुलको निर्माण तत्काल सक्नका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...