News Portal

खोटाङको रावाबेसी गाउँपालिका स्वास्थ्य चौकीलाई एक थान फ्रिज र अत्याधुनिक बेड हस्तान्तरण

हिमालीसंचार संवाददाता
४४३ पटक

खोटाङ  –  खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं.६ हौचुर स्थित रहेको स्वास्थ्य चौकीका लागि अत्यावश्यक एक थान फ्रिज र अत्याधुनिक एक थान बेड समाजसेवी गजेन्द्र खालिङ राईको पहलमा हौचुर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका समाजसेवी राईले आफ्नो गाउँ रावाबेसीका लागि विभिन्न सहयोग प्रदान गर्दै आईरहेका राईकै पहलमा हौचुर स्वास्थ्य चौकीका लागि अत्यावश्यक औषधि फ्रिजमा स्टोर गर्नु पर्ने भएका हुदा एक थान फ्रिज र एक थान फोल्डिङ हुने अत्याधुनिक बेड स्वास्थ्य चौकी हौचुरलाई सहयोग गरिएको हो।

समाजसेवी राईले पोर्चुगलमा रहेका प्रेम राई, कतार कर्मथलो बनाएका संगम कार्की, शान्ति राम नेपाल, मदन गुरुङ, डिक बहादुर गुरुङ, होम काजी गुरुङ, राजकुमार राई, रबिन गुरुङ, सन्तोष खालिङ लगायतका युवाहरुको सहयोगमा र हौचुर निवासी हाल ललितपुर निवासी सम्मर खड्काको सहयोगमा ४५ हजार बाराबरको सामान खरिद गरेर गाउँसम्म पुराउन अमह भुमिकामा निर्वाह गरेका थिए । 

हौचुर स्वास्थ्य चौकीलाई एक थान फ्रीज र एक थान अत्याधुनिक बेड केदार खड्का र वडाका वडा अध्यक्ष चिरञ्जीवी कार्की मार्फत हौचुर स्वास्थ्य चौकाकी प्रमुख रिता जिरेललाई हिजो शुक्रबार हौचुर स्वास्थ्य चौकी भवनमा हस्तान्तरण गरिएको छ। 

समाजसेवी राईले कोरोना महामारीको विषम परिस्थितिमा समेत ६५ हजार बराबरको सर्जिकल फेस माक्स र सानिटाइर सहयोग गरेका थिए। समाजसेवी राईले हिमालीसंचारडटकमसंग कुरागर्दै यस महान कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण रावा बेसी गाउँपालिकाको देश विदेशमा रहनु हुने सहयोगी दाताहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका छन्। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...