News Portal

मकाउ प्रवेशमा लगाएको प्रतिबन्ध सोमबारदेखि हट्ने, मकाउ भिसा भएका गैरआवासीयहरुले आवेदन दिन पाउने

हिमालीसंचार संवाददाता
१११७ पटक

सन्जिब कोयी – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध गत हप्ता हटाउने संकेत गरेसंगै मकाउका एक हेल्थ व्यूरो अधिकारीका अनुसार आगामी सोमबारदेखि मकाउ प्रवेशमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।

मकाउ हेल्थ व्यूरोले दिएको निर्देशन पालना गरेर मकाउ प्रवेश गर्न पाइने मकाउका हेल्थ व्यूरो अधिकारीले बताएका छन् । आगामी सोमबारदेखि मकाउ प्रवेश खुल्ला गरिने स्थानीय ऐजेन्सी मकाउ दैनिक लगायद स्थानीय संचारमाध्यमहरुले लेखेका छन् । यस अधि धरेलु कामदारहरुले मात्र आवश्याक कागजपत्र मकाउका स्वास्थ्य विभागमा पेश गरेपछि मकाउ प्रवेश गर्न अनुमति दिइएको थियो । 

मकाउका स्वास्थ्य विभागका अधिकारीका अनुसार चीनको भूमि प्रयोग गरेर मकाउ प्रवेश गर्ने गैरआवासीयहरुले मकाउ स्थित स्वास्थ्य विभागमा आवश्यक आवेदन बुझानु नपर्ने बताएका छन्। अन्य मुलुकबाट सिधै मकाउ प्रवेश गर्दा मकाउ स्थित हेल्थ व्यूरोले दिएको निर्देशनको पालना गर्नु पर्ने उल्लेख गरिएको छ। त्यस्तै, मकाउ प्रवेश गर्ने दक्ष पेशवरहरु र उनका परिवारले समेत मकाउ प्रवेश गर्न पाउने उल्लेख गरेका छन् । 

कोरोना महामारीका कारण तीन बर्षदेखि मकाउ सरकारले मकाउ आवागमनमा प्रतिबन्ध लगाएसंगै मकाउभित्र सिमित हुनु परेका विभिन्न देशका श्रमिकहरुले यो नियम लागू भएसंगै सहज रुपमा विदा लिएर धर जान आउन पाउने भएका छन्। 

पछिल्लो समय मकाउका स्थानीय नागरिक र मकाउ सरकारले समेत विश्वका विभिन्न मुलुकबाट मकाउमा श्रम गर्न पुगेका गैरआवासीय श्रमिकका लागि हेर्ने दृष्टिकोण फरक रहेको छ भने थप श्रम स्वीकृतिका लागि मकाउ सरकारले नया कानून अख्तियार गरेसंगै अत्याधिक भिसा कटौटी गर्ने निर्णय लिंदा नेपाली श्रमिकहरुले समेत ठुलो मात्रामा रोगजार गुमाउनु परिरहेको छ। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...