News Portal

मकाउ प्रवेशमा लगाएको प्रतिबन्ध सोमबारदेखि हट्ने, मकाउ भिसा भएका गैरआवासीयहरुले आवेदन दिन पाउने

हिमालीसंचार संवाददाता
१०८५ पटक

सन्जिब कोयी – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध गत हप्ता हटाउने संकेत गरेसंगै मकाउका एक हेल्थ व्यूरो अधिकारीका अनुसार आगामी सोमबारदेखि मकाउ प्रवेशमा लगाएको प्रतिबन्ध हटाउने भएको छ।

मकाउ हेल्थ व्यूरोले दिएको निर्देशन पालना गरेर मकाउ प्रवेश गर्न पाइने मकाउका हेल्थ व्यूरो अधिकारीले बताएका छन् । आगामी सोमबारदेखि मकाउ प्रवेश खुल्ला गरिने स्थानीय ऐजेन्सी मकाउ दैनिक लगायद स्थानीय संचारमाध्यमहरुले लेखेका छन् । यस अधि धरेलु कामदारहरुले मात्र आवश्याक कागजपत्र मकाउका स्वास्थ्य विभागमा पेश गरेपछि मकाउ प्रवेश गर्न अनुमति दिइएको थियो । 

मकाउका स्वास्थ्य विभागका अधिकारीका अनुसार चीनको भूमि प्रयोग गरेर मकाउ प्रवेश गर्ने गैरआवासीयहरुले मकाउ स्थित स्वास्थ्य विभागमा आवश्यक आवेदन बुझानु नपर्ने बताएका छन्। अन्य मुलुकबाट सिधै मकाउ प्रवेश गर्दा मकाउ स्थित हेल्थ व्यूरोले दिएको निर्देशनको पालना गर्नु पर्ने उल्लेख गरिएको छ। त्यस्तै, मकाउ प्रवेश गर्ने दक्ष पेशवरहरु र उनका परिवारले समेत मकाउ प्रवेश गर्न पाउने उल्लेख गरेका छन् । 

कोरोना महामारीका कारण तीन बर्षदेखि मकाउ सरकारले मकाउ आवागमनमा प्रतिबन्ध लगाएसंगै मकाउभित्र सिमित हुनु परेका विभिन्न देशका श्रमिकहरुले यो नियम लागू भएसंगै सहज रुपमा विदा लिएर धर जान आउन पाउने भएका छन्। 

पछिल्लो समय मकाउका स्थानीय नागरिक र मकाउ सरकारले समेत विश्वका विभिन्न मुलुकबाट मकाउमा श्रम गर्न पुगेका गैरआवासीय श्रमिकका लागि हेर्ने दृष्टिकोण फरक रहेको छ भने थप श्रम स्वीकृतिका लागि मकाउ सरकारले नया कानून अख्तियार गरेसंगै अत्याधिक भिसा कटौटी गर्ने निर्णय लिंदा नेपाली श्रमिकहरुले समेत ठुलो मात्रामा रोगजार गुमाउनु परिरहेको छ। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...