News Portal

मकाउ सरकारले आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत, विदेशी श्रमिक कटौटी गर्ने नीति अख्तियार

हिमालीसंचार संवाददाता
१८०७ पटक

सन्जिब कोयी/मकाउ – मकाउ सरकारका कार्यकारी प्रमुख हो इट सेङले मकाउमा कार्यरत गैरआवासीय कामदारहरु विदेशी नागरिकका लागि मकाउ आवागमनमा लगाएको प्रतिबन्ध हटाउने संकेत गरेका छन्। मकाउ सरकारले विदेशी श्रमिक व्यापक रुपमा कटौटी गर्ने नीति अख्तियार गरेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि मकाउ सरकारले मकाउ आवागमनमा लगाएको प्रतिवन्ध हटाउने संकेत मकाउका कार्यकारी प्रमुख हो इट सेङले बताएको खबर स्थानीय समाचार एजेन्सी टिडीएमले लेखेको छ। 

मकाउको स्वास्थ्य प्राधिकरणले लगाएको प्रतिवन्ध अब मकाउमा कार्यरत गैर आवासीय कामदारहरु विदेशी नागरिकले मकाउ प्रवेश गर्न अनुमति दिने धारणा राखेका हुन्। मकाउमा कार्यरत गैर आवासीय नागरिकहरुले आफ्नो जागिर नगुमाई मकाउ फर्कन अनुमति दिने बारे विचार गरिरहेको बताए। 

मकाउ सरकारले यस अधि घरेलु कामदारका लागि मकाउ आवागमन प्रवेश खुल्ला गरेका बताएका कार्यकारी सेङले मकाउ सरकारले कोराना महामारीको मापडण्ड पुरा गरी त्यस तर्फ ध्यान दिन सक्ने संकेत गरेका हुन्। आवश्याक बैंध पहिचान गरिएका काजजातहरु र सरकारका परिवर्तित नीतिहरु पालना गरी मकाउ प्रवेशमा सोच्न सकिने बताएका हुन् । 

मकाउमा कार्यरत नेपाली श्रमिकका लागि यो सकारात्मक संकेत हो। कोरोना महामारीका कारण तीन बर्षदेखि मकाउ सरकारले मकाउ आवागमनमा प्रतिबन्ध लगाएसंगै मकाउभित्र सिमित हुनु परेका श्रमिकहरुले यो नियम लागू भएमा सहज रुपमा विदा लिएर धर जान आउन पाउने भएका छन्। 

पछिल्लो समय मकाउका स्थानीय नागरिक र मकाउ सरकारले समेत विश्वका विभिन्न मुलुकबाट मकाउमा श्रम गर्न पुगेका श्रमिकका लागि हेर्ने दृष्टिकोण फरक रहेको छ भने थप श्रम स्वीकृतिका लागि मकाउ सरकारले नया कानून अख्तियार गरेसंगै अत्याधिक भिसा कटौटी गर्ने निर्णय लिंदा नेपाली श्रमिकहरुले समेत रोगजार गुमाउनु परेको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...