News Portal

मन मिलेसम्म लभ, नमिले ब’लात्कार भन्न पाइदैन : सांसद चौधरी

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – सांसद गंगा चौधरी यौन हिंसा जघन्य अप राध भएको बताएकी छन् । सोमबार संसदमा बोल्दै चौधरीले कानून सबैका लागि समान हुनुपर्ने बताउदै नम मिलेसम्म लभ, मन नमिलेपछि बलात्कार भन्ने जुन प्रकारका अबस्था छ त्यो भन्न पाइदैन भन्दै कानून दह्रो बनाउनु पर्ने धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘कानून फितलो बनाउनु हुँदैन । संसद भनेको भावनामा बगेर कानून निर्माण गर्ने थलो होइन । एउटा समुदाय, एउटा वर्गको लागि मात्रै कानून निर्माण गर्ने होइन । नेपाली जनताको वास्तविक अवस्थालाई हेरेर कानून निर्माण गर्न जरुरी छ ।’

उनले अभिनेता पल शाह र पूर्व सभामुख कृष्णबहादुर महराका उदाहरण दिँदै सांसद चौधरीले मन मिलेसम्म लभ र नमिलेपछि बलत्कारको संज्ञा दिन नहुने बताइन् । उनले भनिन्,‘जबसम्म मन मिल्यो तबसम्म उसलाई लभको संज्ञा दिने । त्यसपछि आफ्नो स्वार्थ पूरा नभएपछि बलत्कारको संज्ञा दिने। पूर्वसभामुखको घटना पनि हामी हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो कसैलाई पत्तो हुँदैन । स्वार्थ नमिलेपछि बल त्कारको संज्ञा दिएर उहाँ (महरा)लाई ६/६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नुहुँदैन । ‘

उनले हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने समेत बताएकी संसद चौधरीले ‘मुद्धाको चाङ लाग्छ अनि न्याय कसरी पाउने ? यो दृष्टिकोणबाट पनि हेर्न जरुरी छ ।  महिलावि रुद्ध बोल्यो भनेर नभन्नुहोस् । म एउटा देशको सांसद पनि हो ।’ 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...