News Portal

रोकिएन अझै सीमा क्षेत्रबाट मानव तस्करी

हिमालीसंचार संवाददाता
२९८ पटक

कृष्ण उदास खनाल, वीरगन्ज। वीरगन्ज नाकाबाट मानव तस्कहरुले अझैपनि कुनै न कुनै नाउमा किशोरीसहित युवतीहरुको तस्करी गर्ने गरेको पाइएको छ। नेपाल–भारत सीमाबाट ५ महिनाको अवधिमा ७७ महिला तथा बालबालिकाको उद्धार गरिएको हो।

माइती नेपालले यस वर्षको सन् २०२२ को जनवरीदेखि मे महिनाको अन्त्यसम्ममा उक्त संख्यामा महिला तथा बालबालिकाको उद्धार गरेको हो। जोखिमपूर्ण रुपमा भारत जान लागेको अवस्थामा सीमामा खटिएका माइती नेपालका सीमा पहरेदारहरुले उनीहरुलाई उद्धार गरेका थिए।

माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख गोमा पौडेलका अनुसार, यस अवधिमा उद्धार गरिएका ७७ जनामध्ये १८ वर्षसम्मका २७ र १९ वर्ष माथिका ५० जना छन्।

यस अवधिमा गृहले नेपाल र भारत प्रहरीको समन्वयमा भारतको रक्सौलबाट ५, सिक्टाबाट १, मुम्बईबाट १२ र मोतिहारीको बालिका गृहमा रहेका ८ महिला तथा बालबालिकालाई उद्धार गरी नेपाल फर्काएको छ।

तीमध्ये मोतिहारीको बालिका गृहबाट ल्याइएका चेलीहरु त्यहाँको विभिन्न आर्केष्ट्रामा नृत्य गर्ने पेसामा संलग्न थिए। यस अवधिमा प्रहरीलगायत विभिन्न संस्थाबाट २२ जना समस्यामा परेका महिला तथा बालबालिकालाई गृहको संरक्षणमा ल्याइएको छ।

ती मध्ये १८ वर्ष मुनिका ९ र १८ वर्ष माथिका १३ जना थिए। गृहले यस अवधिमा १६ वर्षीया नाबालिकाको हकमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता गराएको छ। उक्त मुद्दामा आरोपी पुरुष पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन्।

त्यसैगरी, गृहले यस अवधिमा जबरजस्ती करणीका २ मुद्दा दर्ता गराएको छ। ३५ वर्षीय पुरुष र ४२ वर्षीया महिलाउपर मुद्दा दर्ता गराइएको पौडेलले बताइन्।

यसबाहेक २ जना पुरुषउपर गृहले अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गराएको छ। १४ वर्षीया बालिकाउपर उनीहरुले यो अपराध गरेको र तीमध्ये १ फरार रहेको पौडेलले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...