News Portal

अब इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने, जडान नगरिए कारबाही

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौं – सवारीधनीले सवारीसाधनमा अत्याधुनिक खालको इम्बोस्ड नम्बर प्लेट जडानमा आलटाल गरेसँगै यातायात व्यवस्था विभागले कडिकडाउ गर्ने भएको छ। विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ।

विभागले प्रचलित ऐन तथा नियमको व्यवस्थाबमोजिम सवारीसाधनमा अविलम्ब इम्बोस्ड नम्बर प्लेट जडान गर्न गराउन वाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी) एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा तथा गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा र मातहतका कार्यालयमा दर्ता भएका सबै सवारीसाधन धनीलाई निर्देशन दिएको छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान गर्न आलटाल गरेकाले विभागले सचेत गराएको बताए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...