आज : २०२६-०७-२८, मङ्गलबार

गीत – “आमा प्रति समर्पित” – गौतम सागर राई

आमा आजदेखि यो घर पनि सुनसान भयो,
अब कसरी फर्कियौं गाउँघर सबै बिरानो भयो!

अछेताको टिका निधारमा आशिर्बाद दिन्थ्यौं,
कमाई ल्याउनु परदेशबाट खुशी साटौं भन्थ्यौ!
बेचिरहे बन्धकी सपनाहरु अब के नै बाँकी रहयो,
आमा आजदेखि यो घर पनि सुनशान भयो!

कसले सोध्छ दुःख पीर अबदेखि सधैं मलाई,
टुहुरो यो जीन्दगीको कथा सुनाउँ कसलाई!
भन्थ्यौं सधैं जोरीपारी दायाँ बायाँ राख्नु पर्‍यो,
आमा आजदेखि यो घर पनि सुनशान भयो!

गौतम सागर राई, हाल अमेरिका