News Portal

गीत – “आमा प्रति समर्पित” – गौतम सागर राई

हिमालीसंचार संवाददाता
३२४ पटक

आमा आजदेखि यो घर पनि सुनसान भयो,
अब कसरी फर्कियौं गाउँघर सबै बिरानो भयो!

अछेताको टिका निधारमा आशिर्बाद दिन्थ्यौं,
कमाई ल्याउनु परदेशबाट खुशी साटौं भन्थ्यौ!
बेचिरहे बन्धकी सपनाहरु अब के नै बाँकी रहयो,
आमा आजदेखि यो घर पनि सुनशान भयो!

कसले सोध्छ दुःख पीर अबदेखि सधैं मलाई,
टुहुरो यो जीन्दगीको कथा सुनाउँ कसलाई!
भन्थ्यौं सधैं जोरीपारी दायाँ बायाँ राख्नु पर्‍यो,
आमा आजदेखि यो घर पनि सुनशान भयो!

गौतम सागर राई, हाल अमेरिका

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...