News Portal

घटस्थापनाकै दिन काठको बाकसमा छोरा फर्किँएपछी..

हिमाली संचार संवाददाता
६२७ पटक

विशाल सापकोटा
काठमाडौं : झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् ।

छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर तालमेल नमिलेपछि दशैंमा होइन, मंसिरमा आउने भाका राखे ।

जीतबहादुरले परदेशको ठाउँ, भनेको बेला छोराले विदा पाएन होला भन्दै चित्त बुझाए ।

तर, केही दिनमा दुःखद खबर आयो, साउदीमा ड्राइभिङ गर्दै आएका झलक दुर्घटनामा परे । उनको उतै मृत्यु भयो ।

बुधबार दशैंको पहिलो दिन धेरै आमाबाबु विदेशबाट फर्किएका सन्तानलाई विमानस्थलमा स्वागत गरिरहँदा जीतबहादुर भने काठको बाकसमा आएको छोराको शब बुझ्दै थिए । छोराको शव राखिएको बाकस देखेपछि उनले आफूलाई सम्हाल्नै सकेनन् ।

जति पटक पुछे पनि उनका बलिन्धारा आँशु खसिरहे । बुढेसकालको साहारा ठानेका छोराको शव बुझ्न विवश बाबुको यो हाल देख्नेहरुको पनि आँखा रसाए ।

परिवारका सदस्यहरुका अनुसार ३४ वर्षका झलक दुई वर्षअघि रोजगारीका लागि साउदी अरब गएका थिए । ८ असोजमा फोन गरेर दशैंमा घर आउँछु भनेका थिए । तर विदा नमिलेपछि भाका सारे । भाका भन्दा अघि नै आए तर … । ‘दशैंमा आउँछु भन्थ्यो, बुहारीले पनि के के भनिदिई अनि मंसिर आउँछु भनेर फोन राखेको हो’, जितबहादुरले भक्कानिँदै यत्ति भन्न सके ।

झलकको दुर्घटनामा परेर मृत्यु भएको खबरले जितबहादुरको परिवारमा बिपत्ति बर्सियो । निधन भएको खबर लगत्तै शव ल्याउन पहल थाले पनि प्रक्रिया लामो हुँदा १७ दिनपछि बल्ल छोराको शव ल्याउन सकेको जीतबहादुरले बताए ।

जीतबहादुरका अनुसार झलक तेस्रो पटक रोजगारीका लागि साउदी अरब गएका थिए । यसअघि पनि दशैंमा आउने जाने गर्थे । तर, यो पटक दैवले चुँडेर लग्यो ।

जीतबहादुरलाई आफ्नो भन्दा पनि नातीको चिन्ताले पिरोलेको छ । पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि दोस्रो विहे गरेर झलक साउदी गएका थिए ।

जेठीपट्टीकै छोरा हुन् सृजल । उनी अहिले पाँचमा पढ्छन् । दशैंमा बाबुले नयाँ कपडा ल्याइदेलान भन्ने आशमा रहेका उनी बाबुको निधनको खबरले दशैं हुँदैन भनेर बुझ्नसम्म सक्ने भएका छन् । आमा पनि रोजगारीका लागि विदेशमै रहेका सृजललाई कसरी सम्झाउने हो जितबहादुरले सोच्न सकेका छैनन् ।

झलक जस्तै धन कमाएर परिवारमा खुसी ल्याउने आशमा विदेशीका नेपालीले वर्षेनी अकालमा ज्यान गुमाउने गरेका छन् । औसतमा दैनिक ३ वटा शव विमानस्थलमा आउँछन् । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने यो संख्या भयावह छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको संख्या झण्डै ७ हजार छ । अवैधानिक रुपमा विदेश गएर ज्यान गुमाएकाहरुको संख्याको त अझ गन्ती नै छैन ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...