News Portal

  • केपिलासगढीको फेदीमा बित्तीय साक्षरता कक्षा सञ्चालन

    हिमालीसंचार संवाददाता
    ३२७ पटक

    खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीमा आप्रबासी परिवारलाई सहभागी गराएर २४ हप्ते बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ।

    नेपाल सरकार र स्विस सरकार बीचको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ परामर्श केन्द्र “सिएमसी नेपाल”को प्राबिधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन सम्पन्न गरिएको हो।

    बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उदेश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्केका र बैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर बित्तीय साक्षरता कक्षा, मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको केपिलासगढी गाउँपालिकाको सामीको परियोजना संयोजक एंव् मनोसामाजिक परामर्शकर्ता सिर्जना निरौलाले बताईन्।

    सामीले बैदेशिक रोजगारमा संलग्न केपिलासगढी गाउँपालिका–१ फेदीका चार समुहमा आवद्ध एक सय जना र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहमा आवद्ध एक सय जनाको सहभागितामा बित्तीय साक्षरता कक्षा तथा मनोसामजिक परामर्श कक्षा सञ्चालन गरिएको हो।

    गाउँपालिकाका सबै वडाहरुमा परियोजनाले काम गरिरहेको भए पनि हालसम्म दुई वडामा मात्र वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो।

    ‘वैदेशिक रोजगारीबाट आएको पैसालाई सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरि भविश्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको निरौलाले बताइन्, ‘यस्तै वैदेसिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्युनिकरण गर्ने, बालबालिकाको भविष्य बारे सचेत गराउने, महिलामाथि हुने लाञ्छना र भेदभाव अन्त्या गर्ने, परिवार व्यवस्थापन लगायतका सेसन समेटिएको कक्षा सञ्चालन गरिएको हो।’

    उक्त तालिम प्रश्चात ‘देखिँदै तालिमको प्रभाव बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २४ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यमा परिवर्तन देखिन थालेका छन्। पहिला अरुको घरमा सागसव्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेका छन्।’

    स्थानीय कतिपयले आफुले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन्। गाउँघरमा बिदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको निकास भएको छ। श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बसेकी श्रीमतीले सानातिना व्यवसायमा लगानी गर्न थालेका छन्। ‘कतिपयले बाख्रा र बंगुर पालन गर्न थालेका छन्।

    दैनिक खर्च र आम्दानीको हिसाव राख्न थालेका छन्,’ निरौलाले भनिन्, ‘खर्चलाई कम गरी आम्दानी बढाउन थालेका छन्। आफै आत्मनिर्भर बन्ने साहस गर्न थालेका छन्।’ २२ जनालाई प्लाष्टिक टनेल तालिममा सहभागीमध्ये रेमीट्यान्सलाई सदुपयोग गर्दै आम्दानीमुलक काम गरिरहेका २२ जनालाई गाउँपालिका उपाध्यक्ष गुरुराज राईले प्लाष्टिक टनेल वितरण गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...

    हृदयघात हुनु १ महिना अघि देखिने संकेतहरू

    आजकालको व्यस्त जीवनशैली, तनाव, अनियमित खानपान र शारीरिक निष्क्रियताले गर्दा हृदयघातको जोखिम बढ्दै गएको छ।...