News Portal

समाचार प्रशारण गरेकै आधारमा पत्रकार लिम्बुलाई धम्की, असुक्षित महसूस

“पत्रकार लिम्बुद्वारा सम्बन्धित सबै निकायका ध्यानार्कषण!”

हिमालीसंचार संवाददाता
११९८६ पटक

काठमाडौं – संचारकर्मी विश्व लिम्बु (युटुवर) लाई अभिनेत्री मिरुना मगर र भिक्षु फुर्वा तामाङको विषयमा समाचार प्रकाशन र प्रसारण गरेको विषयलाई लिएर अपरिचित व्यक्तिहरुबाट फोनमार्फत ‘मेरो अनलाइन टेलिभिजन’ कार्यालयको स्थान सोध्ने, समुहगत रुपबाट नै प्रत्यक्ष अप्रत्यक्ष धम्की आइरहेका कारण पत्रकार लिम्बुले आफु असुरक्षित महसुस गरेका बताएका छन् ।

पत्रकार लिम्बुले यस विषयमा राज्य, नेपाल प्रहरी, प्रेस काउन्सिल, पत्रकार महासंघ,  फोनिज र आफ्नो जातिय सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङ लगायतका सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

मेरो अनलाइन टिभीका संस्थापक अध्यक्ष लिम्बुले सामाजिक संजाल फेसबुक पेज मार्फत समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा तारान्तार अपरिचित व्यक्तिहरुबाट समुहगत रुपमा आफुलाई अनावश्यक प्रश्न गरिरहेको बताएका छन् 

उनले फेसबुकमा लेखेका छन् “अभिनेत्री मिरुना मगर र भिझु प्रकरणमा समाचार प्रकाशन, प्रशारण गरैकै आधारमा ज्यान असुरक्षित भएको महसूस गरिरहेको छु । अपरिचित ब्यक्तिहरुबाट फोनमार्फत अफिसको लोकेशन सोध्ने, बिभिन्न समूहबाट मेरो नाम नै लिएर प्रत्यक्ष, अप्रत्यक्ष तवरले धम्की दिइएको अवस्था छ । राज्य, प्रहरी, प्रेस काउन्सिल,पत्रकार महासंघ ,फोनिज,  कियाचु लगायत सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहान्छु।”

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...