News Portal

खोटाङको केपिलासगढी गाउँपालिकाको कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

हिमालीसंचार संवाददाता
३०० पटक

खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं. १ फेदीस्थित कुहुडाँडा माध्यामिक विधालयको शुक्रबारे स्थित १० कोठे पक्की भवन उद्घाटन गरिएको छ। जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज राखाबांदेल ऐसेलुखर्क मार्फत निर्माण गरिएको उक्त भवन बुधबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन्।

नवनिर्मित भवन विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक भएको नया भवन निर्माण सम्पन गरी उद्धाटन गरिएको हो। विधालयको कमजोर र जिर्ण भवन भएका कारण वर्षा याममा पठन-पाठनका लागि असहज भइरहेको विद्यालयलाई जि–फाउण्डेसनले दुई-दुई कोठा भएको पाँच वटा नया भवन निर्माण गरी सिर्जनशिल भरिया समाजले सामाजिक लेखा परीक्षण गरेर नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको हो। 

चालु आर्थिक वर्ष जि-फाउण्डेसनको ७२ लाख ७२ हजार ९५४ तथा समुदाय र स्थानीय सरकारको ८ लाख ९६ हजार ६७३ गरी ८१ लाख ६९ हजार ६२८ मा ३ वटा ब्लक निर्माण गरिएको हो। नवनिर्मित नया पक्की भवन बनेपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न र विद्यार्थीको अध्ययन गर्ने मनोवल बढाउन सहयोग पुगेको विद्यालयले श्रोतले हिमालीसंचारडटकमसंग बताए। 

यस्तै, गत वर्ष जि–फाउण्डेसनको ४५ लाख ८७ हजार २८१ तथा समुदायको ४ लाख ३६ हजार ९३४ रुपैयाँ गरी ५० लाख २५ हजार २१५ रुपैयाँको लागतमा २ वटा ब्लक निर्माण गरिएको थियो। 

केपिलासगढी गाउँपालिका अध्यक्ष राईले विद्यालय भवन उद्धाटन गर्दै आफ्नो धारणा राख्ने क्रममा नया भवन आकर्षक र सुविधा सम्पन्न विधालय भवन बनाउन सहयोग गरेका जि–फाउण्डेसन र सिर्जनशिल भरिया समाजलाई आभार व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...