News Portal

बिजुलीका कारण ‘देशभर इन्टरनेट बन्द हुनसक्ने’ : आइस्पान

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने बताएको छ।पछिल्लो समय इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेकोभन्दै आइस्पानले इन्टरनेट काटिन सक्ने बताएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले हिजो कम्पनीहरूलाई कक्षा १२ को परीक्षा अवधिमा इन्टरनेट अवरोध नहुने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। तर अवरोध हुन नदिन असमर्थ रहेको सेवा प्रदायकले बताएका हुन्।

‘नेपाल विद्युत प्राधिकरणका क्रियाकलापले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१२ कक्षाको वार्षिक परीक्षा सञ्चालनमा असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउँछौं।’

विद्युत कटौतीका कारण शिक्षा, स्वास्थ्य बैंक तथा वित्तीय क्षेत्र, उद्योगलगायत संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति आएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...