News Portal

कबड्डी-४ प्रकरणः फुर्पाले गल्ति स्वीकार गरे, मिरुनाले भाई सम्झेर माफी गरिन्

सम्प्रदायमा पर्न गएको असरप्रति मिरुनाद्वारा क्षमायाचना!

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं – अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ । कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी माग्ने  सहमति भएपछि अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।

अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।

भद्र सहमतिका उक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी दुवै पक्षका अभिभावकहरू छलफलमा बसी आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा साम्प्रदायिक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय तथा धार्मिक सङ्घ सङ्गठनहरूसमक्ष अपिल गर्दै राजी खुसीसाथ यस पत्रमा हस्ताक्षर गरी लियौँ दियौँ।’

सहमति हुनु भन्दा अगाबै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले तामाङलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...