News Portal

मोरङको रंगेलीमा हिन्दु र मैथीली नारीहरुले बटसावित्री पर्व मनाए

हिमालीसंचार संवाददाता
२७९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायतका सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथीली नारीहरुले धुमधामका साथ  बटसावीत्री पर्व मनाएका छन ।

रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको बरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल, सहुटोल लवटोल लगायतका महिलाहरु विशेष पुजाआजा गर्ने आएका थिए । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वास रहेको हुनाले यो पर्व मनाउने गरेका हुन ।  

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसी बर्तालु भक्तजनहरुले वरको रुखको फेदमा बर्तालु  भक्तजनहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको पाईन्छ । बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले सावित्री कथा वाचन गर्ने र ब्रतालुहरुले कथा   श्रवण गर्ने यो व्रत परम्परा रहेको  छ ।

साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिला नारीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई  साटासाट गर्ने पर्वको रुपमा पनी रहेको छ। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...