News Portal

भिजिट भिसामा यूएइ लगेर अलपत्र पार्ने ५ जनाको गिरोह पक्राउ

हिमालीसंचार संवाददाता
२०० पटक

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नेपालीहरुलाई यूएई पुर्या्एर अलपत्र पार्ने काममा संलग्न ५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिएका छन् ।

कडायतका अनुसार मुख्य आरोपी त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुवईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई आइतबार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए ।

रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पुर्याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् । उनीहरुले भिजिट भिसाको नाममा करिव २ करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए ।

एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारवाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनुसन्धान व्युरोले अपील गरेको बताए ।

आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएईसहित विभिन्न मुलुक पुर्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स सञ्चालकहरु, दलाल तथा बिचौलियालाई कारवाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...