News Portal

  • वामदेवका लागि उपनिर्वाचन कस्तो होला त? ओली–प्रचण्डसम्म पुग्यो यस्तो रिपोर्ट

    हिमाली संचार संवाददाता
    ४९२ पटक

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको छ ।

    मानन्धरले नेकपाका नेता वामदेव गौतमको लागि राजीनामा दिने घोषणा गरेसँगै राजनीतिक माहोल एकाएक तातिएको हो ।

    गौतमका लागि उपनिर्वाचन ‘सकसपूर्ण’ रहेको भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म अनेकन टिकाटिप्पणी भइरहेको बेला स्वयम् पूर्वएमालेका काठमाडौं जिल्ला कमिटीका नेताहरुले पनि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटेर चुनाव आत्मघाती हुनसक्ने रिपोर्टिङ गरेका छन् ।

    काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको  प्रदेश १ र २ का सांसदहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठसहितका काठमाडौं जिल्ला कमिटीका नेताहरु प्रधानमन्त्री समेत रहेका ओलीलाई रिपोर्टिङ गर्न बुधबार बालुवाटार  पुगेका थिए ।

    सो क्रममा उनीहरुले उपनिर्वाचन भए पार्टीका लागि आत्मघाती हुने रिपोर्टिङ गरेको सहभागि सदस्यले रातोपाटीलाई बताए । यस्तै रिपोर्टिङ उनीहरुले प्रचण्डलाई पनि गरेका छन् ।

    ‘रामवीरले व्यक्तिगत स्वार्थका लागि राजीनामा गरेका हुन् । चुनाव जित्न हिजोको माहोलजस्तो आज छैन र थुप्रै प्रतिकूलताहरु थपिएकाले अहिले उपनिर्वाचन आत्मघाती हुन सक्छ’ उनीहरुले प्रचण्ड र ओलीलाई गरेको ब्रिफिङ उदृत गर्दै ती नेताले भने, ‘यसमा पार्टीले यसबारे गम्भीर समीक्षा गर्नु जरुरी हुन्छ।’

    यसअघि मानन्धर र श्रेष्ठ समेतको सहभागितामा बुधबार बसेको काठमाडौंको सचिवालको बैठकमा पनि यही निश्कर्ष निकालिएको थियो ।

    सो बैठकले मानन्धरलाई राजीनाको निर्णय फिर्ता लिन र पार्टीलाई उपनिर्वाचनमा जान नदिन आग्रह गर्ने निर्णय भएको पनि नाम उल्लेख गर्न नचाहने जिल्लास्तरीय अर्का नेताले रातोपाटीलाई बताए ।

    अहिले नेकपा नेतृत्वप्रति जनतामा सकारात्मक धारणा नरहेको, स्वयम् वामदेव गौतमप्रति पनि मतदाता उत्साहित नरहेको अवस्थामा यो उपनिर्वाचन पार्टीको लागि उपयुक्त नहुने ती ती नेताको भनाई छ ।
    मानन्धरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिने घोषणा गरेका थिए ।

    सांसद मानन्धरले आफूले पार्टी नेतृत्वको दवावमा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको दाबी गर्दै आएका छन् ।

    पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिन लागेको पनि उनको तर्क छ ।

    उनले  अध्यक्ष प्रचण्ड र नेता गौतमको रोहवरमा राजीनामाका लागि नेकपामा लिखित निवेदन दिएको थिए ।

    उनको राजीनामाबारे सोमबार बसेको नेकपाको बैठकमा छलफल भएको भएको भएपनि निश्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले बताउँदै आएका छन् ।

    अप्ठ्यारोमा वामदेव
    काठमाडौंकै पार्टी कमिटीका जिम्मेवार पदाधिकारीले वामदेवका लागि उपनिर्वाचन अनकूल नरहेको राय नेतृत्वसम्म पुर्याएपछि वामदेव अप्ठ्यारोमा परेका छन् । यद्यपी उनी निकटका नेताहरु वामदेव चुनाव लड्न तयारी अवस्थामा रहेको र पार्टीको निर्णयको पखाईमा रहेको बताउँछन् । यसबारेमा वामदेव भने अहिलेसम्म मौन छन् ।

    ‘उहाँ (गौतम) चुनाव लड्न योजनाबाट पछि हट्नुपर्छ । एक त उहाँ बर्दियामा जनताबाट अनुमोदन हुन सक्नुभएन । फेरि गलत समयमा आएर जनताबाट अमुमोदन हुन खोज्नु उहाँको लागि त घातक निश्चित छ नै पार्टीको लागि ठूलो क्षति हुनसक्छ’, एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘उहाँले चुनाव लड्नै चाहेको अवस्थामा पनि पार्टीले रोक्नुपर्छ ।’

    वामदेवको फेरि पनि हार भएको अवस्थामा नेकपामाथि नै ठूलो धक्का पुग्ने हुँदा अहिले नेताहरुबीच पनि गम्भीर छलफल सुरु भएको पार्टी निकट उच्च स्रोतले जनायो ।

    ‘चुनाव लड्न वामदेवको चाहनाले मात्रै पनि हुन्न । जीतहार वामदेवको मात्रै हुने र उम्मेदवार वामदेवलाई बनाउने पक्षमा उहाँहरु हुनुहुन्न’ स्रोतले, ‘पार्टीको नेतृत्व तहमा कुनै छलफल नभई छापामार शैलीमा रामवीरको राजीनामाको पत्र सचिवालयमा पुग्यो । यसमा गम्भीर छलफल हुनुपर्छ ।’

    पार्टी एकता र शान्तिप्रक्रियामा समेत भूमिका खेलेको आधारमा गौतमलाई संसदमा ल्याउनेबारे प्रचण्ड र केपी ओलीको केही सदासयता जस्तो देखिएपनि पार्टीभित्र उपनिर्वाचनकै सवालमा भने गम्भीर वहस आवश्यक भएको नेताहरु बताउँछन् ।

    यसैबीच नेकपा अध्यक्ष प्रचण्डले हार्ने गरी उपनिर्वाचन नहुने अभिव्यक्ति दिएका छन् ।

    बधुबार होटल हार्दिकमा पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रचण्डले  उपनिर्वाचनमार्फत वामदेवलाई संसद्मा ल्याउने सन्दर्भमा हाल पार्टीमा कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने पक्षमा नरहेको बताएका थिए ।

    बुधबार विहान काठमाडौं जिल्ला कमिटीका नेताहरुको ब्रिफिङपछि प्रचण्डले हार्नेगरी उपनिर्वाचन हुन नसक्ने भन्दै दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...