News Portal

एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं – जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।

वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...