News Portal

संसारी मंन्दिरमा निराले राखिन छातिमा जमरा

हिमाली संचार संवाददाता
८१२ पटक

रबिन्द्र बराल/रंगेली : ऐतिहासिक तथा पाैराणिक धार्मिक स्थलकाे रुपमा प्रसिद्ध मन्दिरको रुपमा चिरपरिचित श्री संन्सारी माई मन्दिरमा बुधबार बिधिवत रुपमा घटस्थापना राखिएको छ ।

घटस्थापना देखि टिकाकाे दिनसम्म ११ ब्राह्मणहरुद्वारा सप्तशति चन्डिकाे पाठ गर्नुका साथै विशेष पुजा अर्चना समेत गर्ने गरिन्छ भने रातिकाे समयमा बिभिन्र कलाकारहरुद्वारा बेलुकीकाे समयमा भजना कृतन समेत गर्ने गरिन्छ ।

बिराटनगर देखि २२ किलोमिटर पुर्वमा रहेको रंगेली ६ मा अवस्थित चिसाङ खाेलाकाे बगरमा उक्त मन्दिर रहेको छ । राणाकाल भन्दा अगाडि देखि साे स्थानमा माता देवीकाे वासस्थान रहेको बुढापाकाहरु बताउछन् ।

अहिले साे मन्दिरमा भक्तजनहरुकाे अास्था बढिरहेको हुनाले मन्दिरमा बृद्धबृद्धादेखि युवाहरु मन्दिरमा पुजा अर्चना गर्ने अाउन थालेका छन । बिगत बर्षमा नवरात्र देखि दशमीसम्म भरत घर भएकि महिलाले अाफ्नाे छातिमा जमरा समेत राखेकि थिइन ।

यस बर्ष माेरङकाे जहदा गाउँपालिका ४ घर भएका मुलुकचन्द मंन्डलकि श्रीमती ४० बर्षकि निरादेवि मंन्डलले संसारी मंन्दिरकाे परिषरमा छातिमा जमरा र कलश सहित निराहार बसेकि छन । उनले के काे लागि भाकल गरेके भनेर बुझदा उनका बुबा उदय मंन्डलले भने छाेरीलाई सपनामा माताले बाेलाएकाे कारण छातिमा जमरा राखेको बताए। अहिलेसम्म उनकाे कुनै पनि सन्तान नभए श्रीमानले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...