News Portal

खोटाङको केपिलासगढी गाउपालिकाले मन्त्री राजन राईलाई सम्मान गर्यो

हिमालीसंचार संवाददाता
४५२ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउपालिका बाक्सिलाद्वारा केपिलासगढी गाउपालिका वडा नं. ३ बासपानी निवासी प्रदेश नं. १ नेपालको सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा पदासिन भएकाले मन्त्री राजन राईलाई उच्च सम्मानका साथ बधाई तथा शुभेच्छा सहित गाउपालिकाद्वारा खादा, बर्को र सम्मान-पत्र प्रदान गरी सम्मान गरेको छ।

आयोजित कार्यक्रम केपिलासगढी गाउपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मन्त्री राजन राई, अतिथि नवनिर्वाचित केपिलासगढी गाउपालिका अध्यक्ष समीर राई, उपाध्यक्ष गुरुराज राई र विभिन्न राजनैतिक दलका नेताहरु नेकपा माओवादी केन्द्रकी रश्मि रसाईली, एकीकृत समाजवादीका माईतिराज राई र नेकपा एमालेका जीवन गिरी लगादका उपस्थिति रहेको थियो। 

आयोजित कार्यक्रम जिल्लाकै विकट गाउपालिकाबाट प्रदेश नं. १ को सामाजिक विकास मन्त्री जस्तो गरिमामय पदमा पदासिन हुनु भएको हुदा सामाजिक विकास मन्त्री राईका लागि सम्मान कार्यक्रम आयोजना गरिएको आयोजक कमिटीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...