धरान – धरान उपमहानगरपालिका धरानको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । धरान वडा नं १९ को पछिल्लो २ हजार मतगणनाको नतिजा सार्वजनिक भएसंगै साम्पाङले ८१४० मत प्राप्त गरी अग्रता लिएका हुन्।
गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईलाई १४ मतलेपछि पारेका हुन्। मध्यान्ह मत मतगणनाको नतिजा सार्वजनिक भएसंगै साम्पाङले अग्रता लिएका हुन् । गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ८१२६ मत प्राप्त गरी दोस्रो भएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७१३ मत प्राप्त गरी तेस्रो नम्बरमा छिन् ।
त्यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९१३६ मत प्राप्त गरी अग्रता कायम रहेका छन् । एमाले उम्मेदवार पदम इस्वोले ८८५१ मत प्राप्त गरेका छन् ।