News Portal

तपाईंको राशिफल : आज २०७५ साल आश्विन गते २४ बुधवार, तदअनुसार १० अक्टोबर २०१८

हिमाली संचार संवाददाता
८३५ पटक

– ज्यो.पं.नारायणप्रसाद दुलाल,

मेष
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो  सफलता मिल्नेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

वृष
जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । परिवारका सदस्यहरूसहित मांगलिक कार्यमा उपस्थिति भइनेछ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।

मिथुन
यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ला ।

कर्कट
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

सिंह
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुने छ ।

कन्या
प्रेम जीवन सुखद् रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कर्म क्षेत्र बलवान नै रहनेछ ।

तुला
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नति हुनेछ ।

वृश्चिक
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ

धनु
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मकर
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कार्य लाभ हुने देखिन्छ ।  अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

मीन
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...