News Portal

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको शतक पुरा, एमाले पनी कटायो अर्धशतक

हिमालीसंचार संवाददाता
३०५ पटक

काठमाडौं –   गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसले १०२ पालिका जितेको छ । नगरपालिका प्रमुख १८ र गाउँपालिका अध्यक्ष ८४ गरी काँग्रेसले १०२ पालिकामा निर्वाचित भइसकेका छन् ।

अहिले जारी मत गणनामा नेपाली काँग्रेसले पालिकाको नेतृत्व शतक पूरा गरेको छ । नेपाली काँग्रेसले पालिका उपप्रमुख भने ९७ जितेको मात्र जितेको छ । पछिल्लो मत गणना भइरहदा नेपाली काँग्रेसले १७५ पालिकामा अग्रता लिइरहेको छ । 

यस्तै, नेकपा एमालेले ४ प्रमुख र ५४ उपाध्यक्षसहित ५८ पालिकाको नेतृत्व हात परेको छ । ८ उपप्रमुख र ५३ उपाध्यक्ष जितेको छ । नेकपा एमाले अहिले जारी मत गणनामा ५७ प्रमुख र ५८ अध्यक्ष गरी ११५ पालिकामा अग्रस्थानमा छ । 

नेकपा माओवादी केन्द्रले ३ प्रमुख र ४१ अध्यक्ष गरी ४४ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा माओवादी केन्द्रले ३ उपप्रमुख र ४१ उपाध्यक्ष गरी ४४ मा जित हात पारेको छ । अहिले जारी मत गणनमा माओवादीले प्रमुखमा २२ र अध्यक्षमा ४१ पालिकाको अग्रस्थानमा रहेको छ । अहिले जारी मत गणनमा उपप्रमुखमा ३३ र उपाध्यक्षमा ३७ पालिकामा माओवादीले अग्रता लिएको छ । 

नेकपा एकीकृत समाजवादीले प्रमुखमा १ र अध्यक्षमा ४ पालिकाको नेतृत्व हात पारेको छ । जारी मत गणनामा ३२ प्रमुख र २६ अध्यक्षमा अन्यको अग्रता छ । उपप्रखुमा १ उपाध्यक्षमा ६ अन्यले जितेका छन् । त्यस्तै, २२ उपप्रमुख र २५  उपाध्यक्षमा पनि अन्यको अग्रता रहेको छ ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...