News Portal

मतगणना कम्तिमा अर्को दुई सातासम्म लाग्ने

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।

मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ। हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ। 

२०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो। तर, यसपालिको मतगणना जनशक्तिको अभाव देखाउँदै देशैभरि सुस्त गतिमा चलेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...